English

सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट



सुपरमाई हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो।

कम्पनीले कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेको थियो। यस्तै, ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरू छुट्याएर बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested