English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरोको भाउ पनि घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा पाइन्छ। बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ २१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९३ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३० रूपैयाँ १२ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९७ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested