English

सर्वसाधारणका लागि एशियन हाइड्रोको आइपिओ खुला



एशियन हाइड्रोपावरले सर्वसाधारणका लागि आज (शुक्रबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

यस्तै, ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरेर कम्पनीका कर्मचारीहरूको लागि १६ हजार ८०० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सो आइपिओमा फागुन २ गते आवेदन दिन सकिन्छ सो समयमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि फागुन १२ गतेसम्म लम्बिने कम्पनीको भनाइ छ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

Popular
Suggested