बालबालिकामा प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?



कोरोनाको त्रास बढिरहेकोले मानिसहरू एकदमै चिन्तित छन् । कोरोनाको दोस्रो लहरमा वृद्धवृद्धा मात्र हैन, युवा तथा बालबालिकाहरू पनि संक्रमित भइरहेका छन् । उनीहरू निरन्तर विभिन्न प्रकारका भाइरसहरूको प्रभावमा पर्दछन् । रोग प्रतिरक्षा प्रणाली कमजोर भएका बालबालिकाहरूमा त झन विभिन्न प्रकारका संक्रमणको अत्याधिक जोखिम हुन्छ ।

बालबालिकाहरूलाई विभिन्न रोगबाट जोगाउन, उनीहरूको प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्न आवश्यक हुन्छ । तपाईको सामान्य रेखदेखले तिनीहरूको प्रतिरक्षा प्रणाली सुदृढ बनाउन सकिन्छ । अपनाउनुहोस् यी प्राकृतिक उपायः

खाना खानुभन्दा अघि र खानापछि, खेलेपछि, घरपालुवा जनावरलाई छोएमा, नाक तथा मुखमा हातले छोएमा, शौचालयको प्रयोग, स्कुलबाट घर फर्किएपछि अनिवार्य साबुन पानीले हात धुन लगाउनु होस् ।

सन्तुलित आहार

प्रोटिन, मिनरल, भिटामिन, सुक्ष्म पोषक तत्व जस्ता जरुरी चिजहरूको सन्तुलित मात्राको आहार स्वस्थकर हुन्छ, जसले बालबालिकालाई विभिन्न इन्फेक्सन तथा रोगबाट लड्ने प्रतिरक्षा प्रणाली बढाउन सहयोग गर्छ । अमिलो फलफूल, हरियो सागसब्जी, गेडागुडी, स्ट्रबेरी, दही, लसुन, तथा अदुवाले रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बढाउन सहयोग गर्छ ।

पूर्ण निद्रा

निद्राको कमीले पनि प्रतिरक्षा प्रणालीले राम्ररी काम गर्दैन, यसले बालबालिकामा इन्फेक्सनको खतरा बढ्छ । शरीरलाई स्वस्थ राख्न पूर्ण निन्द्राको आवश्यकता पर्छ । यसले शरीरबाट थकावट हटाउँछ र उर्जा प्राप्त हुन्छ ।

स्वच्छतामा ध्यान

खाना खानुभन्दा अघि र खानापछि, खेलेपछि, घरपालुवा जनावरलाई छोएमा, नाक तथा मुखमा हातले छोएमा, शौचालयको प्रयोग, स्कूलबाट घर फर्किएपछि अनिवार्य साबुन पानीले हात धुन लगाउनु होस् । यसबाट बालबालिकालाई हुन सक्ने धेरै प्रकारका संक्रमणबाट रोक्न सकिन्छ ।

जडीबुटीको सेवन

बालबालिकालाई विभिन्न जडीबुटीको सेवन गराउनुहोस् । जस्तो, तुलसी, अमला, मह, मरिच जस्ता चिजहरू विभिन्न चिजमा मिलाएर सेवन गराउनु होस् । यसले पनि प्रतिरक्षा प्रणाली बढाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ