English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ २ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६६ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८० पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १ रुपैयाँ ८ पैसा घटेको हो।

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १५८ रुपैयाँ १८ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ ४२ पैसा र बिक्रीमा ९० रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २२ पैसा र बिक्रीमा ४३० रुपैयाँ १९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested