English

सुपर मादी हाइड्रोपावरको आइपिओ बाँडफाँट



सुपर मादी हाइड्रोपावरको आइपिओ आज (सोमबार) बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा १३ लाख ४ हजार २०८ जना आवेदकले आवेदन दिएकोमा ५ हजार ५१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो।

सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको बाँडफाँट गरिसकेको छ।

यस्तै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणमा वितरण गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीकोे वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested