English

खाली पेटमा पानी पिउनु फाइदा वा बेफाइदा !



हाम्रो शरीरको ६० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी बिना जीवन छैन। शरीरमा पर्याप्त मात्रामा पानी भएको कारणले शरीरको काम ठिकसँग हुन्छ । तर कहिले पानी पिउने भन्ने कुरामा मानिस अन्योलमा हुन्छन् । बिहान उठ्ने बित्तिकै ब्रस नगरी पानी पिउँदा धेरै फाइदा हुने विश्वास कतिपयको हुन्छ भने कतिपयले यसको उल्टो सोच्छन् र उनीहरूको विश्वास छ कि बिहान उठ्ने बित्तिकै ब्रस नगरी पानी पिउँदा मुखको फोहोर भित्र जान्छ । जसले हानि गर्छ। यो स्वास्थ्यसँग खेलबाड हो। आखिर यथार्थ के हो त ?

यस विषयमा केही अध्ययनहरूले खाली पेटमा पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुने बताएको छ । यता, सामाजिक सञ्जालमा भारतीय योग प्रशिक्षक तथा होमियोप्याथी चिकित्सक डाक्टर नुपुर रोहतगीले खाली पेट ब्रस नगरी पानी पिउनु उत्तम भएको बताएकी छिन् । जानौँ खाली पेट पानी पिउनुको वास्तविकता के हो ?

ब्रस नगरी पानी पिउनुका फाइदाहरू

डा. नुपुर रोहतगीले बिहान उठ्ने बित्तिकै पानी पिउनुपर्ने बताएकी छिन् । दाँत नमाझी पानी पिउने हो भने यसले थप फाइदा गर्छ । यसको कारण बताउँदै डा. रोहतगीले बिहान खाली पेटमा पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुने लेखेकी छिन् । वास्तवमा, राती सुत्दा मुखमा हजारौँ ब्याक्टेरिया बन्छन्। ब्रस नगरी पानी पिउँदा यी ब्याक्टेरिया पेटमा प्रवेश गर्छन् जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

साथै, यी ब्याक्टेरियाले पाचन शक्ति बढाउँछ र यसले अपचको समस्या उत्पन्न गर्दैन। यति मात्र होइन, खाली पेटमा ब्रस नगरी पानी पिउँदा उच्च रक्तचाप पनि कम हुन्छ । त्यसैले हरेक दिन खाली पेटमा उठ्ने बित्तिकै पानी पिउने बानी बसाल्नु पर्छ ।

यो पनि…
खाली पेटमा जिरा पानी पिउँदा के हुन्छ ?
गहिरो निद्राका लागि के-के खाने ?



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested