English

खाली पेटमा पानी पिउनु फाइदा वा बेफाइदा !



हाम्रो शरीरको ६० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी बिना जीवन छैन। शरीरमा पर्याप्त मात्रामा पानी भएको कारणले शरीरको काम ठिकसँग हुन्छ । तर कहिले पानी पिउने भन्ने कुरामा मानिस अन्योलमा हुन्छन् । बिहान उठ्ने बित्तिकै ब्रस नगरी पानी पिउँदा धेरै फाइदा हुने विश्वास कतिपयको हुन्छ भने कतिपयले यसको उल्टो सोच्छन् र उनीहरूको विश्वास छ कि बिहान उठ्ने बित्तिकै ब्रस नगरी पानी पिउँदा मुखको फोहोर भित्र जान्छ । जसले हानि गर्छ। यो स्वास्थ्यसँग खेलबाड हो। आखिर यथार्थ के हो त ?

यस विषयमा केही अध्ययनहरूले खाली पेटमा पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुने बताएको छ । यता, सामाजिक सञ्जालमा भारतीय योग प्रशिक्षक तथा होमियोप्याथी चिकित्सक डाक्टर नुपुर रोहतगीले खाली पेट ब्रस नगरी पानी पिउनु उत्तम भएको बताएकी छिन् । जानौँ खाली पेट पानी पिउनुको वास्तविकता के हो ?

ब्रस नगरी पानी पिउनुका फाइदाहरू

डा. नुपुर रोहतगीले बिहान उठ्ने बित्तिकै पानी पिउनुपर्ने बताएकी छिन् । दाँत नमाझी पानी पिउने हो भने यसले थप फाइदा गर्छ । यसको कारण बताउँदै डा. रोहतगीले बिहान खाली पेटमा पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुने लेखेकी छिन् । वास्तवमा, राती सुत्दा मुखमा हजारौँ ब्याक्टेरिया बन्छन्। ब्रस नगरी पानी पिउँदा यी ब्याक्टेरिया पेटमा प्रवेश गर्छन् जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

साथै, यी ब्याक्टेरियाले पाचन शक्ति बढाउँछ र यसले अपचको समस्या उत्पन्न गर्दैन। यति मात्र होइन, खाली पेटमा ब्रस नगरी पानी पिउँदा उच्च रक्तचाप पनि कम हुन्छ । त्यसैले हरेक दिन खाली पेटमा उठ्ने बित्तिकै पानी पिउने बानी बसाल्नु पर्छ ।

यो पनि…
खाली पेटमा जिरा पानी पिउँदा के हुन्छ ?
गहिरो निद्राका लागि के-के खाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

इटहरी/ कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य

Latest










Popular
Suggested