English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७८ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा १० पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ७६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ४० पैसा पाइन्छ।

बिहीबार युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ २५ पैसा र बिक्रीदर १५९ रूपैयाँ ९७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ २१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ८८ पैसा र बिक्रीमा ३० रूपैयाँ २ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १८ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested