English

धनाढ्य मुकेश अम्बानीको सफलताको ९ सूत्र



संसारमा धनी बन्न नचाहने को होला र ? तर चाहना राख्दा राख्दै पनि केही व्यक्तिले मात्र आफ्नो सपना पुरा गर्छन् । मुकेश अम्बानी भारतका सबैभन्दा धनाढ्य व्यक्ति हुन् । उनी आइपिएल टीम मुम्बईका मालिकसमेत हुन् ।

सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा थुप्रै युवाहरूको प्रेरणाका स्रोत हुन् । उनको जीवनको सफलताका केही सूत्र यस प्रकार छन् ।

१. मुकेश अम्बानी आफ्ना बुबा धीरुभाई अम्बानीलाई गुरु मान्छन् । पैसाको पछाडी कुद्दैमा कोही सफल व्यवसायी बन्न सक्दैन भन्ने मान्यता धीरुभाई राख्थे । मुकेश यसैमा विश्वास गर्छन् ।
२. ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन्, त्यसलाई पूरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् ।
३. उनी प्रायः मिडियाबाट टाढै रहन्छन् । किनकी उनलाई लाग्छ, जब काम देखिन्छ, तब कसैले केही बोल्न आवश्यक हुँदैन । रेभिन्यूले आफै बताउँछ ।
४. उनी व्यवसायमा मात्रै होइन, आफ्नो सौखका लागि पनि पर्याप्त समय खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पूरा गर्नुपर्ने उनको भनाई छ ।
५.कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन्, आफैलाई विश्वास गर र हरेक परिस्थितिका लागि तयार होऊ ।
६. जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुन सक्छन् । तर यी दुई बीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती सामना गर्न तयार हुन्छन् ।
७ दौडको बीचमा आराम गर्नेलाई सफलता प्राप्त हुँदैन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खिएकै कारण सफलताको भोक आफैमा हुनुपर्ने मुकेशको ठम्याई छ ।
८. मुकेश टीमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।
९. व्यापारको प्रवर्द्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदि तपाईंको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईंले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested