कृषि पेसामा होमिएका प्रहरी जवान



पिता विष्णु बहादुर थापा र माता चन्द्रकला देवी थापाको कोखबाट बझाङमा जन्मिएका हिक्मत बहादुर थापाले कृषि क्रान्ति गर्न भनी नेपाल प्रहरीमा हवलदारको पदबाट जागिर छोडे । ५ वर्ष अघि मात्र चन्द्रागिरि नगरपालिका वडा नं ५ हाई भिजन कोलोनीमा करिब १० रोपनी जग्गामा प्राङ्गारिक खेती (Organic farming) गर्दै आएका उनी दुई छोराका बाबुसमेत हुन् । त्यही उनको कृषि फार्म छ । उनले ४ वर्ष कृषि पेसामा लागि चन्द्रागिरि नगरपालिमा वडा नं ३ थानकोटमा ४ आना २ पैसा जग्गा जोडेर एक तले पक्की घर बनाएका छन् ।

उनले आफ्नो कृषि उत्पादन बढाउन सुरुमा हिमालयन बैङ्क लि. बाट सहुलियतपूर्ण ब्याज दरमा परियोजनामा आधारित बिना धितो कृषि कर्जा लिई उत्पादन बढाए । कृषि क्षेत्रमा लागे मनग्य आम्दानी गर्न सकिने र युवाहरूलाई विदेश नगई नेपालमै बाझो खेतलाई कृषि उत्पादनमा लगाउन उनी सुझाउँछन् । हाल उनले व्यावसायिक कृषि खेतीलाई उचाइ दिन पन्त ग्लोबल कन्सल्टेन्सी मार्फत बृहत् योजनाका साथ आफ्नो घर जग्गा समेत धितोमा राखी थप सहुलियतपूर्ण कृषि कर्जा लिएर कृषि क्रान्ति गर्ने सोचमा छन् ।

सरकारले आफ्ना दलका कार्यकर्ता लाई कागजी भरमा सिफारिसको आधारमा कृषि कर्जा र अनुदान दिने गर्छ तर हामी जस्तो मिहिनेती किसानलाई वास्ता नगरिदिनु दुःखद हो ।

‘सरकारले आफ्ना दलका कार्यकर्ता लाई कागजी भरमा सिफारिसको आधारमा कृषि कर्जा र अनुदान दिने गर्छ तर हामी जस्तो मिहिनेती किसानलाई वास्ता नगरिदिनु दुःखद हो ।’ उनी निराश सुनिन्छन् । कृषिमा ५% ब्याज छुटको साटो २% देखि ३% ब्याज मा कर्जा उपलब्ध गराउन सके सबै बाझो जमिन कृषि उत्पादनमा परिणत हुन सक्थ्यो र देशमा रोजगारीको अवसर सृजना भई आत्मनिर्भर अर्थतन्त्रको दिशामा देश उभिन सक्थ्यो ।

युवाहरूलाई विदेश नगई देशमै कृषिमा लाग्न सुझाव दिनुको साथै ती युवाहरूलाई निःशुल्क प्रशिक्षण पनि दिन आफू तयार रहेको उनी बताउँछन् । हाल हिकमतले टनेल खेती मार्फत टमाटर, आलु, साग, र अन्य तरकारीको खेती गर्नुको साथै गाई र भैँसी पालेर दूध, दही, पनिर जस्ता धेरै प्रकारका आइटमहरू उत्पादन गरी आफ्नै तरकारी पसल तथा डेरी पसलबाट समेत बिक्री वितरण गर्ने गर्छन् । उनी भन्छन् ‘अब कृषि बाहेक यो देशले फड्को मार्ने अन्य क्षेत्र खासै छैन ।’

नेपाल विप्रेषणले टिकेको देश हो भन्दा दुई मत नहोला । तर करिब ६५% जनसङ्ख्या कृषिमा आश्रित नेपालको कुल ग्राहस्थ उत्पादन (यूएस डलर ४१.७० अर्ब / ने रु ५५ खर्ब २६ अर्ब ५० करोड) मा विप्रेषणको रेसियो २३.२५% रहेको छ भने कृषिले ३१.७०% को योगदान दिएको छ । आर्थिक वर्ष २०७६–७७ मा कुल ग्राहस्थ उत्पादनमा २.३७% ले ह्रास आएको कृषिको आय २०७७–७८ मा ४.२५% ले वृद्धि भई २०७८–७९ मा ५.८४% ले वृद्धि हासिल गरेको थियो ।

यो पनि
कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ
सिजनमा १२ लाखसम्म आम्दानी



...
rogeKneep

brand name cialis online But the Tigers are without starting quarterback James Franklin and will be challenged this week by No

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्वास्थ्यलाई राम्रो बनाउन सबैलाई स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्न सुझाव दिँदै आएको स्वास्थ्य विज्ञहरूले अब राम्रो निद्रालाई बानीमा समावेश गरेका

तपाईँले संसारका सबै तालहरूको बारेमा सुन्नु भएको होला। कोही धेरै ठुला छन् र कोही धेरै साना र गहिरो आकारका छन्।

धेरै जनालाई घर सजाउने मन हुन्छ, जसका कारण घरमा हरियो बिरुवा रोपेर घरको सौन्दर्य बढाउँछन् । यसबाहेक, घरको बाल्कोनी पनि

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको