English

कृषि पेसामा होमिएका प्रहरी जवान



पिता विष्णु बहादुर थापा र माता चन्द्रकला देवी थापाको कोखबाट बझाङमा जन्मिएका हिक्मत बहादुर थापाले कृषि क्रान्ति गर्न भनी नेपाल प्रहरीमा हवलदारको पदबाट जागिर छोडे । ५ वर्ष अघि मात्र चन्द्रागिरि नगरपालिका वडा नं ५ हाई भिजन कोलोनीमा करिब १० रोपनी जग्गामा प्राङ्गारिक खेती (Organic farming) गर्दै आएका उनी दुई छोराका बाबुसमेत हुन् । त्यही उनको कृषि फार्म छ । उनले ४ वर्ष कृषि पेसामा लागि चन्द्रागिरि नगरपालिमा वडा नं ३ थानकोटमा ४ आना २ पैसा जग्गा जोडेर एक तले पक्की घर बनाएका छन् ।

उनले आफ्नो कृषि उत्पादन बढाउन सुरुमा हिमालयन बैङ्क लि. बाट सहुलियतपूर्ण ब्याज दरमा परियोजनामा आधारित बिना धितो कृषि कर्जा लिई उत्पादन बढाए । कृषि क्षेत्रमा लागे मनग्य आम्दानी गर्न सकिने र युवाहरूलाई विदेश नगई नेपालमै बाझो खेतलाई कृषि उत्पादनमा लगाउन उनी सुझाउँछन् । हाल उनले व्यावसायिक कृषि खेतीलाई उचाइ दिन पन्त ग्लोबल कन्सल्टेन्सी मार्फत बृहत् योजनाका साथ आफ्नो घर जग्गा समेत धितोमा राखी थप सहुलियतपूर्ण कृषि कर्जा लिएर कृषि क्रान्ति गर्ने सोचमा छन् ।

सरकारले आफ्ना दलका कार्यकर्ता लाई कागजी भरमा सिफारिसको आधारमा कृषि कर्जा र अनुदान दिने गर्छ तर हामी जस्तो मिहिनेती किसानलाई वास्ता नगरिदिनु दुःखद हो ।

‘सरकारले आफ्ना दलका कार्यकर्ता लाई कागजी भरमा सिफारिसको आधारमा कृषि कर्जा र अनुदान दिने गर्छ तर हामी जस्तो मिहिनेती किसानलाई वास्ता नगरिदिनु दुःखद हो ।’ उनी निराश सुनिन्छन् । कृषिमा ५% ब्याज छुटको साटो २% देखि ३% ब्याज मा कर्जा उपलब्ध गराउन सके सबै बाझो जमिन कृषि उत्पादनमा परिणत हुन सक्थ्यो र देशमा रोजगारीको अवसर सृजना भई आत्मनिर्भर अर्थतन्त्रको दिशामा देश उभिन सक्थ्यो ।

युवाहरूलाई विदेश नगई देशमै कृषिमा लाग्न सुझाव दिनुको साथै ती युवाहरूलाई निःशुल्क प्रशिक्षण पनि दिन आफू तयार रहेको उनी बताउँछन् । हाल हिकमतले टनेल खेती मार्फत टमाटर, आलु, साग, र अन्य तरकारीको खेती गर्नुको साथै गाई र भैँसी पालेर दूध, दही, पनिर जस्ता धेरै प्रकारका आइटमहरू उत्पादन गरी आफ्नै तरकारी पसल तथा डेरी पसलबाट समेत बिक्री वितरण गर्ने गर्छन् । उनी भन्छन् ‘अब कृषि बाहेक यो देशले फड्को मार्ने अन्य क्षेत्र खासै छैन ।’

नेपाल विप्रेषणले टिकेको देश हो भन्दा दुई मत नहोला । तर करिब ६५% जनसङ्ख्या कृषिमा आश्रित नेपालको कुल ग्राहस्थ उत्पादन (यूएस डलर ४१.७० अर्ब / ने रु ५५ खर्ब २६ अर्ब ५० करोड) मा विप्रेषणको रेसियो २३.२५% रहेको छ भने कृषिले ३१.७०% को योगदान दिएको छ । आर्थिक वर्ष २०७६–७७ मा कुल ग्राहस्थ उत्पादनमा २.३७% ले ह्रास आएको कृषिको आय २०७७–७८ मा ४.२५% ले वृद्धि भई २०७८–७९ मा ५.८४% ले वृद्धि हासिल गरेको थियो ।

यो पनि
कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ
सिजनमा १२ लाखसम्म आम्दानी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested