English

सिजनमा १२ लाखसम्म आम्दानी



घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछी आम्दानी गतिलो स्रोत बनेको छ ।

युवाहरू रोजगारको खोजीमा विभिन्न देशमा पुग्ने गरेका छन्, तर बस्नेत दम्पतीले गरेको लोभलाग्दो च्याउ खेती एक उदाहण बनेको छ । त्यसो चुइन्द्र पनि रोजगारको खोजीमा मलेसिया र कतार पुगे । जाँदा भएको खर्चसम्म तिर्न नसकेपछि श्रीमतीले घर फर्काएकी हुन् । गाउँ फर्केपछि ३० लाख लगानीमा च्याउ खेती सुरु गरेका चुइन्द्र यतिबेला यही खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तीन वर्षअघि बिष्णु एग्रोफर्म दर्ता गरी व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् । ६ वटा टनेलमा च्याउ खेती गर्दै आएका उनले दैनिक दुई सयदेखि तीन सय किलो च्याउ उत्पादन गर्दै आएका छन् ।

गाउँमै च्याउखेती सुरु गरेका चुइन्द्र उनी मात्रै व्यवसायी बनेका छैनन्, यहाँका युवाहरूलाई रोजगार दिन सफल बनेका छन् । ‘पराईको भूमिमा गरेको श्रम र मिहिनेत आफ्नै गाउँमा गर्ने हो भने रोजगारका लागि भौ‌तारि रहनु पर्दैन । व्यवसायी हुँदै गाउँमै रोजगारको सिर्जना गर्ने लक्ष्यका साथ च्याउ खेती सुरु गरेको हुँ । जहान परिवारसँगै रमाउँदै घरमै सुरु गरेको व्यवसायबाट खुसी छौं,’ चुइन्द्रले भने ।

उनकी श्रीमती टीका पनी च्याउ खेती हेरचाहमा हरेक दिन व्यस्त छिन् । फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्‍याउने, फर्मको हेरचाहमै उनको दिन बित्छ । ‘गाउँमै हामीले खेती सुरु गरेका छौं, तर स्थानीय सरकारले हामीलाई अहिलेसम्म देखेन । पानी र विद्युतको एकदमै समस्या छ । पानी मात्रै एक सिजनमा एक लाखको ढुवानीमा तिर्ने परेको छ । पहिलोको सरकारले नहेरे पनी अहिले आएको सरकारले हेर्छकी भन्ने आशा छ,’ टीकाले भनिन् ।

च्याउ बिक्रीबाट मात्रै एक सिजनमा १२ लाखसम्म आम्दानी लिँदै आएका छन् बस्नेत दम्पतीले । कोसी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम,स्थानीय बजार र तेह्रथुमको बसन्तपुर शुक्रबारेलगायतका बजारमै खपत हुँदै आएको छ । च्याउ बजारमा दुई सय ५० रुपैयाँले बिक्री हुँदै आएको छ ।

यो पनि
कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ
जसको काम देखेर गाउँलेहरू तरकारी खेतीमा लागे



सम्बन्धित खबरहरु

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

Latest










Popular
Suggested