सिजनमा १२ लाखसम्म आम्दानी



घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछी आम्दानी गतिलो स्रोत बनेको छ ।

युवाहरू रोजगारको खोजीमा विभिन्न देशमा पुग्ने गरेका छन्, तर बस्नेत दम्पतीले गरेको लोभलाग्दो च्याउ खेती एक उदाहण बनेको छ । त्यसो चुइन्द्र पनि रोजगारको खोजीमा मलेसिया र कतार पुगे । जाँदा भएको खर्चसम्म तिर्न नसकेपछि श्रीमतीले घर फर्काएकी हुन् । गाउँ फर्केपछि ३० लाख लगानीमा च्याउ खेती सुरु गरेका चुइन्द्र यतिबेला यही खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तीन वर्षअघि बिष्णु एग्रोफर्म दर्ता गरी व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् । ६ वटा टनेलमा च्याउ खेती गर्दै आएका उनले दैनिक दुई सयदेखि तीन सय किलो च्याउ उत्पादन गर्दै आएका छन् ।

गाउँमै च्याउखेती सुरु गरेका चुइन्द्र उनी मात्रै व्यवसायी बनेका छैनन्, यहाँका युवाहरूलाई रोजगार दिन सफल बनेका छन् । ‘पराईको भूमिमा गरेको श्रम र मिहिनेत आफ्नै गाउँमा गर्ने हो भने रोजगारका लागि भौ‌तारि रहनु पर्दैन । व्यवसायी हुँदै गाउँमै रोजगारको सिर्जना गर्ने लक्ष्यका साथ च्याउ खेती सुरु गरेको हुँ । जहान परिवारसँगै रमाउँदै घरमै सुरु गरेको व्यवसायबाट खुसी छौं,’ चुइन्द्रले भने ।

उनकी श्रीमती टीका पनी च्याउ खेती हेरचाहमा हरेक दिन व्यस्त छिन् । फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्‍याउने, फर्मको हेरचाहमै उनको दिन बित्छ । ‘गाउँमै हामीले खेती सुरु गरेका छौं, तर स्थानीय सरकारले हामीलाई अहिलेसम्म देखेन । पानी र विद्युतको एकदमै समस्या छ । पानी मात्रै एक सिजनमा एक लाखको ढुवानीमा तिर्ने परेको छ । पहिलोको सरकारले नहेरे पनी अहिले आएको सरकारले हेर्छकी भन्ने आशा छ,’ टीकाले भनिन् ।

च्याउ बिक्रीबाट मात्रै एक सिजनमा १२ लाखसम्म आम्दानी लिँदै आएका छन् बस्नेत दम्पतीले । कोसी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम,स्थानीय बजार र तेह्रथुमको बसन्तपुर शुक्रबारेलगायतका बजारमै खपत हुँदै आएको छ । च्याउ बजारमा दुई सय ५० रुपैयाँले बिक्री हुँदै आएको छ ।

यो पनि
कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ
जसको काम देखेर गाउँलेहरू तरकारी खेतीमा लागे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही