बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँट



बाराही हाइड्रोपावर कम्पनीको आइपिओ आज (आइतबार) बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आपिओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। जसमध्ये १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

कम्पनीले पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा २ लाख ५० हजार कित्ता आइपिओ वितरण गरेको थियो। सो समयमा बिक्री हुन नसकेको १ लाख ४ हजार कित्ता सेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गरेको हो।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको कम्पनीले बताएको छ। यो बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि वितरणमा आएको हो।

लगानीकर्ताले प्रवन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, बाराही हाइड्रोपावरको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
gate.io

For my thesis, I consulted a lot of information, read your article made me feel a lot, benefited me a lot from it, thank you for your help. Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ

बजारमा विभिन्न प्रकारका ब्रा उपलब्ध छन्, तर हामी सधैँ डिजाइनरको सट्टा गुणस्तरमा ध्यान दिने प्रयास गर्छौँ ताकि दैनिक प्रयोगमा लगाइने