English

यस्तो छ रक्सी पिएपछि अङ्ग्रेजी फरर बोल्नुको कारण



अल्कोहलको नशा यस्तो हुन्छ कि, यो पिएपछि ठूला–ठूला सेलिब्रेटी पनि सडकमा आएर अनौठो हरकत गर्दछन् । अब सामान्य मानिसको त कुरै छोडौँ ।

देख्न सकिन्छ कि, नशाको तालमा मानिस यति धेरै डुब्छ कि, कहिलेकाहीँ बीच सडकमै आएर उत्पात मच्चाउँछन् । यस बेला आम अङ्ग्रेजी भाषा नजानेका मानिसहरू पनि अङ्ग्रेजी शब्दको प्रस्फुटन यति धेरै गर्दछन् कि, हामीले सोच्नै सक्दैनौँ । तर के तपाईँलाई थाहा छ, नशाको यो अवस्थामा मानिस किन यस्तो गर्दछ ? यसमा एउटा वैज्ञानिक कारण लुकेको छ ।

नशामा बढ्छ कन्फिडेन्स

जर्नल अफ साइकोफार्माकोलोजीमा छापिएको एक रिसर्चका अनुसार अल्कोहल लिएको केही समयमै भित्री कन्फिडेन्स बढ्छ । र यो बेला ती मानिस कन्फिडेन्स भएर अङ्ग्रेजी बोल्न थाल्दछन् । तर उनीहरू नर्मल समयमा यसरी बोल्न सक्दैनन् ।

पर्सनालिटीमा हुन्छ परिवर्तन

गरिएको रिसर्चमा अल्कोहल पिएपछि मानिसको स्मरण शक्ति र एकाग्रतामा असर पर्दछ । यस बेला केही मानिसको पर्सनालिटी पूरै परिवर्तन हुन्छ र उनीहरूको आत्मविश्वास धेरै बढ्छ । यस्तो भएपछि उनीहरू ती चिजमा फोकस गर्न थाल्छन्, जसलाई होसमा गर्न हिचकिचाउँछन् । अर्को भाषा बोल्नुबाहेक मानिसहरू यो बेलामा होसमा हुँदा गर्न नसक्ने काम गर्दछन् ।

जस्तै डान्स र गीत गाउन । उनीहरू अल्कोहल पिएर आत्मविश्वासी हुँदै धेरै रमाउँछन् । यस्ता मानिसहरू रमाइलो जीवन बिताउन मन पराउँछन् ।

यो पनि…
यो देशको अनौठो प्रचलन
रहस्यमय ताल, जहाँ देखिन्छ चन्द्र–सूर्य आकार



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

Popular
Suggested