English

भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान



नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औँ वार्षिक साधारण सभा तथा छैटौँ महासभामा विकास न्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका छन् ।

विकास न्युज डटकमका सह–सम्पादक समेत रहेका रोकाया भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् । उनीहरूलाई जनही ५० हजार रुपैयाँको राशिसहित पुरस्कृत गरेको हो ।

उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरूले आवेदन दिएका मध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका अध्यक्ष श्रीधर खनालले बताए । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रूपमा उनीहरूलाई प्रमाणपत्रसहित चेक हस्तान्तरण गरेका छन् ।

विकासन्युजकर्मी रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् । रोकायाले पछिल्लो समय सहकारीमा भइरहेको विकृति र सकारात्मक अभ्यासको विषयमा पनि नियमित रूपमा कलम चलाइहरेका छन् ।

नाफिजले भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा यो फाउन्डेसन स्थापना भएको जानकारी गराउँदै आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका साथसाथै असल पत्रकारिता अभ्यासमा प्रोत्साहन लागि नाफिजसँग सहकार्य गरेर पुरस्कारको स्थापना गरिएको बताइन् ।

यो पनि…
‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२२ (फोटो फिचर)



...
binance code

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested