English

डलरसँगै घट्यो युरोको भाउ



नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

बुधबार एक अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ४९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १३८ रुपैयाँ २ पैसा र बिक्रीमा १३८ रुपैयाँ ६५ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ५ पैसा घटेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३० रुपैयाँ ८ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४३० रुपैयाँ ८० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५० रुपैयाँ ८४ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको