English

‘योमरी’ अर्थात् मन पर्ने रोटी



योमरी अर्थात् मन पर्ने रोटी । चामलको पीठोभित्र मास, चाकु, खुवा लगायतका वस्तु राखेर तयार पारिने हुने यो रोटी नेवारी समूदायको चर्चित परिकार हो । अझै, योमरी पुन्हीको विशेष परिकार ।

यो परिकार हिजोआज नेवारी समुदायको भान्सामामात्र सिमित छैन । जिब्रो लोभ्याउने स्वाद र गुणका कारण पछिल्लो समय सामान्य पसल, सुपर मार्केटदेखि तारे होटलका मेनुमा योमरी भेटिन्छ ।

यो परिकारलाई ब्राण्ड बनाएर थुप्रैले दोकान चलाइरहेका छन् । त्यसैबाट मनग्य आम्दानी गरि जिजिविषा धानिरहेको प्रशस्तै उदाहरण छन् । हो, त्यसैले हिजोआज योमरी नेवारी समुदायमा मात्र नभएर सर्वस्वीकार्य परिकार बनेको छ ।

चावहिलस्थित शारदा योमरी घरले दैनिक ३० देखि ५० वटा योमरी विक्री गर्दै आएको छ । यहाँ खुवा र चाकुबाट बनेको योमरी पाइन्छ । विगत ५ वर्षदेखि सञ्चालित यस घरले खुवा योमरी ५० रुपियाँ र चाकु योमरीको ७० रुपियाँमा विक्री गर्दै आएको सञ्चालक शंकर नापित बताउँछन् । उनको पसलमा बाह्रै मास बिक्री हुने योमरी किन्न नेवारी समुदायभन्दा बढी अन्य समुदायका मानिसहरु आउने गरेको नापित बताउँछन् । अझै आज योमरी पुन्हीको दिनमा त उनको पसलमा ठूलै भीडभाड लाग्छ । ‘यो दिन ४–५ जनाले बनाएर पनि माग पुरा गर्न सक्दैनौं,’ उनले भने ।

हामीले बनाएको योमरी अस्ट्रेलिया, बलायत, जापानका पर्यटकले कोशेलीको रुपामा लैजानु हुन्छ, अब योमरीले नेपालीलाई मात्र होइन विदेशीको जिब्रोलाई समेत लोभ्याइसकेको छ ।

शारदा घरको योमरीले विदेशी पर्यटकलाई समेत लोभ्याएको छ । अष्ट्रेलिया, बेलायत, जापानबाट नेपाल घुम्न आएका पर्यटकहरु यहीँबाट कोशेली लाने गरेको नापित सुनाउँछन् । ‘हामीले बनाएको योमरी अस्ट्रेलिया, बलायत, जापानका पर्यटकले कोशेलीको रुपामा लैजानु हुन्छ,’ उनले भने, ‘अब योमरीले नेपालीलाई मात्र होइन विदेशीको जिब्रोलाई समेत लोभ्याइसकेको छ ।’

योमरी अनलाइन प्लेटफर्ममार्फत समेत विक्री हुन थालेको छ । भक्तपुर ठिमीस्थित योमरी डिलाइट्स ले गुदपाक, चाकु, खुवा र चकलेटबाट योमरी तयार गरेर अनलाइनमार्फत विक्री गर्दै आएको छ । जहाँबाट दिनमै करिव ३ सय योमरीको अर्डर आउने गरेको सञ्चालिका सोनी श्रेष्ठ बताउँछिन् । गुदपाक र चाकु योमरीको ७५ रुपियाँ, खुवा र चकलेट योमरीको १ सय रुपियाँमा विक्री गर्ने गरेको श्रेष्ठ सुनाउँछिन् । ‘अहिले उपत्यका भित्र मात्रै डेलिभरी गरेका छौं,’ श्रेष्ठले भनिन्, ‘यसलाई अझै व्यवस्थित गरेर देशभर डेलिभरी गर्ने योजनामा छौं ।’

लाजिम्पाटस्थित ‘योमरी कर्नर’ ले विगत ३ वर्षदेखि फ्रोजन योमरीको विक्री गर्दै आएको छ । फ्रोजन योमरीको बजार राम्रो रहेको सञ्चालक सुमन केसी बताउँछन् । यहाँबाट मासिक ५ देखि ७ लाख रुपियाँसम्मको योमरी विक्री हुने गरेको छ । ‘चाकु र खुवाको योमरी मार्ट र सुपरमार्केटमा पठाउँछौं,’ उनले भने , ‘यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउने हाम्रो योजना छ ।’

ग्लोबल भिलेज र आधुनिकताको प्रभावले परासंस्कृति ग्रहण हुने प्रक्रिया निरन्तर चलिरहन्छ, समुदायको युनिकनेसलाई नयाँ पुस्ताले व्यावासायिक रुप दिएका छन् यसले पनि संस्कृतिलाई विकेन्द्रिकरण गर्न सघाउ पुर्याएको छ ।

माथिका तीनवटा उदाहरणले नै प्रष्ट पारिसक्यो । योमरीले नेपाली समुदायमा मात्र होइन विश्व बजारमा समेत बेग्लै पहिचान बनाउँदैछ । योमरी मात्र होइन हरेक जातीको विशेष पर्व होस् या परिकार अन्य समुदायले समेत स्वीकार्दैै आएको पाइन्छ ।

संस्कृति भनेको निरन्तर हस्तान्तरण हुने प्रक्रिया भएकाले बिस्तारै परिकारहरुमा समेत आम मानिसको आकर्षण बढेको समाजशास्त्री दिपक पोखरेल बताउँछन् । ‘ग्लोबल भिलेज र आधुनिकताको प्रभावले परासंस्कृति ग्रहण हुने प्रक्रिया निरन्तर चलिरहन्छ,’ पोखरेल भन्छन्, ‘समुदायको युनिकनेसलाई नयाँ पुस्ताले व्यावासायिक रुप दिएका छन् यसले पनि संस्कृतिलाई विकेन्द्रिकरण गर्न सघाउ पुर्याएको छ ।’

समाजशास्त्री पोखरेलका अनुसार हालको समाज पुँजीवादतर्फ हाबी हुँदै गएको छ । बजारका लागि तिव्र प्रतिस्प्रर्धा छ । जसकारणले युवा पुस्ताले संस्कृति बेच्न थालेको उनको गुनासो छ । ‘संस्कृति बेच्नु राम्रो होइन, यसले गर्दा समुदायको पर्वको मर्म मर्छ कि भन्ने एकथरी डर पनि छ,’ उनी भन्छन्, ‘अर्को तर्फ यसले पहिचान र संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।’

‘योमरी’ अर्थात् मन पर्ने रोटी

‘योमरी’ अर्थात मन पर्ने रोटी । नेवारी भाषामा ‘यो’ को अर्थ ‘मन पर्ने’ र ‘मरी’ को अर्थ ‘रोटी’ हुन्छ । भकारीको धान प्रयोग गर्नु अघि नयाँ अन्नलाई पूजा गर्न प्रयोग गर्ने चामलको पिठोबाट बनाएको एक प्रकारको प्रसादलाई योमरी भनिएको संस्कृतिबारे जानकार अन्तत प्रसाद धौभडेल बताउँछन् । मंसिरमा नयाँ धान भित्र्याइन्छ, अनि पुसमा भकारी पूजा गरिन्छ । जसलाई ‘योमरी पुन्ही’ भनिन्छ । यस दिन सेतो चामलको पिठोबाट नेवार समुदायको हरेकको घरमा योमरी पकाइन्छ । यसदिन तिहारमा देउसी–भैलो खेले जस्तै घर–घर गएर योमरी मागेर खाने चलन रहेको धौभडेल बताउँछन् । ‘पहिला–पहिला योमरी खाएर मात्र मनाइने प्रचलन थियो तर, आजभोलि दक्षिणा पनि मागिन्छ,’ उनले प्रष्ट पारे । साथै, नेवारी समुदायमा बच्चा जन्मिएपछि छोरीलाई भेट्न जाँदा माइतीले योमरी बोकेर जाने चलन पनि छ ।

थरि–थरि योमरी

विशेषगरी चाकु, मासबाट खुवा बनाइने भएपनि पछिल्लो समय चकलेट, खुवाको पनि योमरी बनाउन थालिएको जानकारहरु बताउँछन् । योमरी खानु स्वास्थ्यका दृष्ट्रिकोणले पनि लाभदायक छ । चिसो मौसममा शरीरलाई न्यानो बनाएर सर्दी लाग्नबाट जोगाउने धौभडेंल बताउँछन् ।

यो पनि…
लोकप्रिय बन्दै भाक्का, मौलिकता हराउने चिन्ता
उपत्यकामा यमरी पुन्हीको रौनक



...
Binance推荐码

Your article helped me a lot, is there any more related content? Thanks!

...
创建免费账户

Your article helped me a lot, is there any more related content? Thanks!

...
Binance推荐码

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
create a binance account

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/futures/ref?code=W49FLGDN

...
binance konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested