English

योमरी पुन्हीमा रमाए नेवाः सुन्दरी



सौन्दर्य प्रतियोगिता ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन् । प्रतियोगिता आयोजक नेप्लिज फेसन होममा भेला भएर योमरी बनाउन रमाएर सिक्दै योमरी पुन्ही दिवस मनाएका हुन् ।

उनीहरूले आफूहरूले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर चाड मनाउने प्रतिबद्धता जनाएका थिए ।

संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवार चाड पर्वमध्येको महत्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको बताइन् । उनले योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरूले ‘मिस नेवाः’हरूलाई हरेक वर्षझैं यस वर्ष पनि योमरी बनाउन सिकाएको जनाइन् ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक अशोककुमार श्रेष्ठ, ‘मिस नेवाः’हरु सुनीता डंगोल, नीतु डंगोल, कृषा महर्जन, प्रिया तण्डुकार, ‘मिस लिटिल नेवाः’ आर्या श्रेष्ठ, रिकृष्णा डंगोल, प्रकृति महर्जन, नयना शाक्य, इभान जोलिना महर्जन, तिसा तण्डुकार, वितिषा कंसाकारलगायतको उपस्थिति थियो ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
उपत्यकामा यमरी पुन्हीको रौनक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या