English

योमरी पुन्हीमा रमाए नेवाः सुन्दरी



सौन्दर्य प्रतियोगिता ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन् । प्रतियोगिता आयोजक नेप्लिज फेसन होममा भेला भएर योमरी बनाउन रमाएर सिक्दै योमरी पुन्ही दिवस मनाएका हुन् ।

उनीहरूले आफूहरूले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर चाड मनाउने प्रतिबद्धता जनाएका थिए ।

संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवार चाड पर्वमध्येको महत्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको बताइन् । उनले योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरूले ‘मिस नेवाः’हरूलाई हरेक वर्षझैं यस वर्ष पनि योमरी बनाउन सिकाएको जनाइन् ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक अशोककुमार श्रेष्ठ, ‘मिस नेवाः’हरु सुनीता डंगोल, नीतु डंगोल, कृषा महर्जन, प्रिया तण्डुकार, ‘मिस लिटिल नेवाः’ आर्या श्रेष्ठ, रिकृष्णा डंगोल, प्रकृति महर्जन, नयना शाक्य, इभान जोलिना महर्जन, तिसा तण्डुकार, वितिषा कंसाकारलगायतको उपस्थिति थियो ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
उपत्यकामा यमरी पुन्हीको रौनक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested