English

जाडोमा फुटेको खुट्टाको उपचार यसरी गर्नुहोस्



जाडो मौसममा खुट्टाको छालामा पनि चिसोको नराम्रो असर पर्छ जसका कारण छाला खस्रो हुन्छ र खुट्टा र वरिपरिको छाला फुट्न थाल्छ। हरेक वर्ष जाडोमा कुर्कुच्चा फुट्ने समस्या कतिपयलाई हुन्छ। यी कुर्कुच्चा फुट्ने समस्याबाट राहत पाउनका लागि यी घरेलु उपाय अपनाउनुहोस् ।

शुद्ध घिउ

हरेक घरमा पाइने शुद्ध घिउ छालाका लागि निकै फाइदाजनक हुन्छ । खुट्टाको छालालाई नरम र स्वस्थ बनाउन खुट्टाको मसाजको लागि घिउ प्रयोग गर्न सकिन्छ। घ्यूमा बेसार र नीम मिसाएर लगाउनाले खुट्टा फुट्ने समस्याबाट राहत मिल्छ । खुट्टा फुट्ने समस्याबाट राहत पाउन यसरी प्रयोग गर्नुहोस् घिउ !

–घिउ तताएर त्यसमा नीमको तेल वा नीमको पातको पेस्ट हाल्नुहोस्।
–यसमा थोरै बेसारको धुलो मिलाउनुहोस् ।
–त्यसपछि यो मिश्रणलाई फुटेको कुर्कुच्चामा लगाउनुहोस् र रातभर छोड्नुहोस्।
–त्यसपछि, भोलिपल्ट मनतातो पानीले खुट्टा धुनुहोस्।

नरिवलको तेल

नरिवलको तेल, प्राकृतिक स्वस्थ फ्याट र एन्टिअक्सिडेन्टले भरिपूर्ण छालालाई निको पार्न मद्दत गर्छ। नरिवलको तेल लगाउनाले खुट्टा फुट्ने समस्या बिस्तारै कम हुन्छ । खुट्टा फुट्ने समस्याबाट राहत पाउन यसरी प्रयोग गर्न सक्नुहुन्छ नरिवलको तेल !

–२ चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा घिउ हाल्नुहोस् ।
–जब तेल र घ्यूको मिश्रण तातो हुन्छ, त्यसमा ३–४ चम्चा प्याराफिन मोम हाल्नुहोस्।
–नरिवलको तेल र घ्यूको मिश्रण खुट्टामा लगाउनुहोस्।
–यो मिश्रण खुट्टामा ५–६ घण्टा वा रातभर छोड्नुहोस्।

यो पनि…
मोटोपना घटाउन के खाने के नखाने ?
यी टिप्सले हराएको सुन्दरता फिर्ता ल्याउनेछ



...
Bonus de recomandare Binance

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/register?ref=IXBIAFVY

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested