English

पूर्वी नाकामै छैन होल्डिङ सेन्टर, स्थानीयले प्रदेश र संघीय सरकारलाई दोषी देखाउँदै



पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।

स्थानीय श्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र संघीय सरकारसँग सहयोगको आग्रह गरेको प्रजिअ तिम्सिनाले जनाए । भारतमा कोरोना भाइरसको संक्रमण तीब्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरुको नाकामा भीड लाग्न थालेको छ । अहिले नाकाबाट भित्रिनेलार्ई सुरक्षा निकायले निर्माण गरेको चेकजाँच स्थलमा केहीबेर राखेर पठाइने गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने नगरको मात्र नभएर प्रदेश र संघीय सरकारको सरोकारको विषय भएको बताउँछन् ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने नगरको मात्र नभएर प्रदेश र संघीय सरकारको सरोकारको विषय भएको बताउँछन् । उनले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जनाए । भारतबाट आउने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकताअनुसार होम आइसोलेसनसम्मै पु¥याउने गरिएको ओझा बताउँछन् । गत वर्ष काँकडभिट्टा माध्यामिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । तर, विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो ।

नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीन वटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर बनाएको छ । तर त्यहाँ जम्मा २५ जना राख्न सकिने मात्र क्षमता रहेको मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललित तामाङ बताउँछन् ।

नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीन वटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर बनाएको छ । तर त्यहाँ जम्मा २५ जना राख्न सकिने मात्र क्षमता रहेको मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललित तामाङ बताउँछन् । उनी नाकामा गत वर्षको झैं होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको जनाउँछन् । साथै, क्वारेन्टाइन र कोभिड हस्पिटल समेत नाका नजिक सञ्चालन गर्न आवश्यक भइसकेको तामाङको भनाइ छ ।

झापामा हालसम्म संक्रमितको संख्या ४८१९, डिस्चार्ज ४५१९, आइसोलेसनमा १६९ जना, कूल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

यसैबीच सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ लागु गर्दै निगरानी बढाउन र नागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियन्त्रण गर्न बार एशोसिएसले आग्रह गरेको छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,