English

पिपुल्स हाइड्रोपावरको आइपीओ निस्कासन



पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज (शुक्रवार) बाट आइपीओ निस्कासन गरेको छ। कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको दरमा ५६ लाख ६ हजार तीन सय ९० कित्ता सेयर विक्री गर्ने भएको हो।

यसमध्ये तीन प्रतिशत सेयर भने कम्पनीले कर्मचारीको लागि र पाँच प्रतिशत सेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएको छ। सर्वसाधारणले न्युनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन्।

केही समयअघि स्थानीयको लागि कम्पनीले १० प्रतिशत (३२ लाख कित्ता) सेयर जारी गरेकोमा सही तरिकाले आवेदन दिएकाहरूलाई २३ लाख ९३ हजार ६ सय १० कित्ता मात्रै वितरण गरिएको हो। कम्पनीको सेयर छिटोमा कात्तिक २९ सम्म खुला रहनेछ। सो अवधिमा बिक्री नभए मंसिर ९ गतेसम्म विक्री खुला हुनेछ। सानिमा क्यापिटल कम्पनीको विक्री प्रबन्धक हो।

कम्पनीले लमजुङको दोर्दीखोलामा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested