English

विद्यालय खुलाउने सञ्चालक र शिक्षक नियन्त्रणमा, संक्रामक रोग ऐनअनुसार कारबाही हुने



कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने सप्तरीको सदरमुकाम राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई सोमवार प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्रणमा लिएको हो ।

कोरोना सङ्क्रमणको दोस्रो लहरपछि राजविराजसहितका स्थानमा रहेका विद्यालय, कलेज, ट्युशन सेन्टर र तालीम केन्द्रमा यही वैशाख मसान्तसम्म भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको थियो ।

विद्यालय सञ्चालन गरेको आरोपमा शिब्स बोर्डिङ स्कुलका सञ्चालक नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्डरी स्कूलका सञ्चालक डा कामानन्द देव, एञ्जल बोर्डिङ स्कूलका सञ्चालक नरेन्द्रप्रसाद देव र राजविराज–१ स्थित सिर्जना सेकेन्डरी बोर्डिङ स्कूलका सञ्चालक रिमा झा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पिस जोन स्कूलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–३ स्थित ह्यापील्याण्ड माविका अनुशासन प्रमुख शैलेन्द्रकुमार ठाकुर, राजविराज–८स्थित लक्ष्मी अङ्ग्रेजी बोर्डिङ स्कूलका सञ्चालक राजेशकुमार यादव, वैधनाथकुमार झा र बुलन्द साह, ग्रीन अङ्ग्रेजी बोर्डिङ स्कूलका शिक्षक र मनोज यादव र राजविराज–५ स्थित जानकी सेकेन्डरी स्कूलका शिक्षक हरिकिसुन रामसमेत नियन्त्रणमा परेका छन् ।

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कार्बाही गरिने प्रजिअ पोखरेलले बताए ।

जिप्रका, नगरपालिका र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले एक साताअघि भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक शिक्षण सिकाइका विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको थियो । अनुगमनका क्रममा केही निजी विद्यालयले अवज्ञा गरेर विद्यालय सञ्चालन गरिएको पाइएपछि नियन्त्रणमा लिनु परेको प्रजिअ पोखरेलले बताए ।

कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेका विद्यालय, कलेज, ट्युशन सेन्टर र तालीम केन्द्रमा यही वैशाख मसान्तसम्म भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको थियो ।

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कार्बाही गरिने प्रजिअ पोखरेलले बताए । रासस



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested