English

ठडियो धरहरा, सुतिरहेको छ काष्ठमण्डप



विश्व सम्पदा सूचीमा रहेको धरहरा भर्खरै ठडिएको छ । तर विश्व सम्पदा सूचीमै रहेको अर्को सम्पदा काष्ठमण्डपको पुनर्निर्माण भने हुन सकेको छैन । उपत्यकाको सभ्यतासँग जोडिएको काष्ठमण्डप छ वर्ष अघि भूकम्पमा भत्किएको थियो ।

काष्ठमण्डप पुनर्निर्माणको कार्य तीन वर्ष ओझेलमै रह्यो । तीन वर्ष पहिले काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएर पुनर्निर्माण कार्य सुरु त गरियो । तर प्रगति खासै भएन । यस्तो लाग्छ, ठडिएको धरहराले आफ्नो दूरवीनबाट सुतिरहेको काष्ठमण्डलाई गिज्याइ रहेको छ ।

निर्माण कार्य सुरु भएको तीन वर्षको अवधिमा काठमाडौं महानगरपालिकाबाट साढे १० करोड रुपैयाँ निकासा भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य बताउँछन् । उनी भन्छन्, ‘काठमाडौँ महानगरपालिकाबाट दुई पटक ५/५ करोड र एक पटक ५० लाख गरी साढे १० करोड निकासा भएको छ ।’ उनका अनुसार फागुन मसन्तसम्म नौ करोड २५ लाख रुपैयाँ पुनर्निर्माण कार्यमा खर्च भइसकेको छ ।

तीन वर्ष पहिले काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएर पुनर्निर्माण कार्य सुरु त गरियो । तर प्रगति खासै भएन । यस्तो लाग्छ, ठडिएको धरहराले आफ्नो दूरवीनबाट सुतिरहेको काष्ठमण्डलाई गिज्याइरहेको छ ।

काष्ठमण्डपको पुनर्निर्माण कार्य ९० प्रतिशत सकिएको शाक्यको दावी छ । तर सम्पन्न कहिलेसम्म हुन्छ भने उनी यकिनका साथ भन्न हिच्किाउँछन् । भन्छन्, ‘ काष्ठमण्डपको निर्माण कार्य सकिएपछि काम सम्पन्न भएको घोषणा गर्नेछौँ तर अहिले नै यो मितिमा सम्पन्न हुन्छ भन्न सक्दैनौँ ।’


सातौँ शताब्दीमा बनेको काष्ठमण्डपको पुनर्निर्माणको कार्य सम्पन्न गर्न यही असार मसान्तसम्म भनिएको छ । तर सम्पन्न हुने हो वा हुने होइन सम्बन्धित निकायलाई नै यकिन छैन ।

काष्ठमण्डपमा प्रयोग हुने सालको काठ रौतहटबाट रुख कटान गरेर ल्याउनु पर्ने भएकाले निर्माण कार्यमा समय लाग्ने शाक्य बताउँछन् । उनी भन्छन्, ‘रौतहटबाट साल रुखको कटानी र चिरानी गरेर ल्याउनस पर्ने हुन्छ । काठ नआउँदासम्म निर्माण कार्यमा ढिला सुस्ती भएको हो ।’

५३ प्रतिशत कार्य सम्पन्न

२०७२ वैशाखको महाभूकम्पमा ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । जसमध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् । समग्रमा ५३.२६ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ भने ३१.३० प्रतिशत कार्य पुनर्निर्माण भइरहेको छ ।

काठमाडौं उपत्यकाका ४ सय ६ सम्पदामध्ये २ सय ७ वटाको निर्माण कार्य सम्पन्न भएको छ भने १ सय ११ वटा निर्माणाधीन अवस्थामा छन् ।

यसैगरी १ सय ७० वटा विश्व सम्पदा क्षेत्रमा क्षति भएको थियो । जसमध्ये १ सय १० वटाको निर्माण सम्पन्न भएको छ भने ४९ सम्पदा चालु आर्थिक वर्ष सम्पन्न हुने प्राधिकरणले जनाएको छ । यसरी ६४.७० प्रतिशत विश्व सम्पदा क्षेत्र पुनर्निर्माण सम्पन्न भएको छ भने २८.८२ प्रतिशत पुनर्निर्माण भइरहेका छ ।

काठमाडौं उपत्यकाका ४ सय ६ सम्पदामध्ये २ सय ७ वटाको निर्माण कार्य सम्पन्न भएको छ भने १ सय ११ वटा निर्माणाधीन अवस्थामा छन् । यसैगरी उपत्यका बाहिर ३ सय ४४ मध्ये १ सय ९६ वटा सम्पदा सम्पन्न भएका छन् भने १ सय २८ वटा पुनर्निर्माण भइरहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र