English

युरोको भाउ बढ्यो



नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। आज युरोपियन युरोको एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको थियो।

त्यस्तै, सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १४९ रुपैयाँ ७४ पैसा र बिक्रीमा १५० रुपैयाँ ४२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ११ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २७ रुपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८५ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ ८० पैसा र बिक्रीमा ४२६ रुपैयाँ ७३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १० पैसा र बिक्रीदर ३५० रुपैयाँ ६९ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
Binance账户创建

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested