English

राजनीतिलाई पेशा होइन सेवा मान्छन् भुवन



गुल्मी चर्चामा रहेको निर्वाचन क्षेत्र हो । जहाँबाट, प्रतिनिधिसभाका लागि एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका सचिव गोकर्ण विष्ट प्रतिस्पर्धामा छन् । दुबैको केन्द्रीय राजनीतिमा दबाब र प्रभाव उत्तिकै छ ।

कुनैबेला एउटै संगठनमा रहेका काम गरेका सारथी हुन् गोकर्ण र रामकुमारी । उनीहरु प्रतिस्पर्धामा उत्रिँदा त्यो निर्वाचन क्षेत्र चर्चामा छ । रामकुमारीलाई कांग्रेस र माओवादीको साथ छ । गोकर्ण पनि कम छैनन् जितेर संसद्को गेट आफ्नोलाई खुल्ला रहेको बताउँछन् ।

प्रतिनिधिसभामा कसले जित्छ ? चासो भइरहँदा गुल्मी क्षेत्र नम्बर २ (क) को निर्वाचनलाई पनि चासोका साथ हेरिएको छ । जहाँ, सत्ता गठबन्धनबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुवन प्रसाद श्रेष्ठ चुनावमा होमिएका छन् ।

मैले गुल्मेली जनताको शिर निहुरो हुन दिने छैन, सधैँ विकासकै लागि लडिरहने छु । गुल्मी क्षेत्र नम्बर २ (क) मा विकास गर्ने मेरो पहिलो एजेण्डा हो ।

जनतालाई आफ्नो योजनाहरु देखाइरहेका छन् र भनिरहेका छन्, ‘मैले गुल्मेली जनताको शिर निहुरो हुन दिने छैन, सधैँ विकासकै लागि लडिरहने छु । गुल्मी क्षेत्र नम्बर २ (क) मा विकास गर्ने मेरो पहिलो एजेण्डा हो ।’

श्रेष्ठलाई एकीकृत समाजवादी र माओवादी केन्द्रको साथ छ । भन्छन्, ‘संविधान रक्षासँगै विकासका लागि मेरो उम्मेद्वारी हो ।’

उनीसँग प्रतिस्पर्धाका लागि नेकपा एमालेले डिल्लीराज भुसाललाई चुनावी मैदानमा पठाएको छ । भुसाल उनै व्यक्ति हुन् जसले रेसुङ्गा नगरपालिकाको नेतृत्व पाँच वर्षसम्म गरे । तर, उनको कार्यकाल असफल भएको बेलाबेला गुल्मीमा चर्चा भइरहन्छ । तर, भुवन शक्तिमा पुगेपछि गुल्मीका समस्या र समाधान हेरेर काम गर्ने उम्मेद्वारका रुपमा आश गरिएको छ ।

२०४२ सालदेखि सक्रिय राजनीतिमा छन् भुवन । ०४६ मा सम्पन्न जनआन्दोलनपछि सम्पन्न पहिलो स्थानीय निर्वाचनबाट तम्घास गाविसको अध्यक्ष चुनिएका थिए, त्यतिबेला उनको उमेर जम्मा २५ वर्षमात्र थियो ।

तम्घासमा मोटरबाटो पुर्‍याउन उनको योगदान रहेको स्थानीय चर्चा गर्छन् । त्यति मात्र नभइ तम्घासमा नेपालमै पहिलो लिफ्टिङ खानेपानीबाट जनतालाई पानी पुर्‍याउने अगुवाका रुपमा उनी गनिन्छन् ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका गुल्मी संस्थापक अध्यक्ष भएका भुवन २०५० सालमा नेविसंघको छैठौं अधिवेशन तयारी समितिका संयोजक बनेका थिए ।

त्यसयता उनी नेपाली कांग्रेसका विभिन्न तप्कामा रहेर काम गरिरहेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट लुम्बिनी प्रदेशको उपसभापति भएका उनी एमालेका डिल्लीराज भुसाललाई पराजित पारेर प्रदेशसभाको संसद्मा प्रवेश गर्न चाहन्छन् ।

राजनीति सेवा हो । धेरैले पेशा बनाए । यसकाविरुद्ध विकासमा पक्षमा मेरो उम्मेद्वारी हो ।

चुनाव जितेपछि सदनमा जनताका समस्या प्रस्तुत गर्ने कला उनीसँग छ । राजनीतिलाई सेवाका रुपमा बुझ्छन् उनी, भन्छन, ‘राजनीति सेवा हो । धेरैले पेशा बनाए । यसकाविरुद्ध विकासमा पक्षमा मेरो उम्मेद्वारी हो ।’

यो पनि…
दुई दशकपछि नेपाली कांग्रेसको नेतृत्व फर्काए खेलराजले
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो