राजनीतिलाई पेशा होइन सेवा मान्छन् भुवन
गुल्मी चर्चामा रहेको निर्वाचन क्षेत्र हो । जहाँबाट, प्रतिनिधिसभाका लागि एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका सचिव गोकर्ण विष्ट प्रतिस्पर्धामा छन् । दुबैको केन्द्रीय राजनीतिमा दबाब र प्रभाव उत्तिकै छ ।

कुनैबेला एउटै संगठनमा रहेका काम गरेका सारथी हुन् गोकर्ण र रामकुमारी । उनीहरु प्रतिस्पर्धामा उत्रिँदा त्यो निर्वाचन क्षेत्र चर्चामा छ । रामकुमारीलाई कांग्रेस र माओवादीको साथ छ । गोकर्ण पनि कम छैनन् जितेर संसद्को गेट आफ्नोलाई खुल्ला रहेको बताउँछन् ।

प्रतिनिधिसभामा कसले जित्छ ? चासो भइरहँदा गुल्मी क्षेत्र नम्बर २ (क) को निर्वाचनलाई पनि चासोका साथ हेरिएको छ । जहाँ, सत्ता गठबन्धनबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुवन प्रसाद श्रेष्ठ चुनावमा होमिएका छन् ।

मैले गुल्मेली जनताको शिर निहुरो हुन दिने छैन, सधैँ विकासकै लागि लडिरहने छु । गुल्मी क्षेत्र नम्बर २ (क) मा विकास गर्ने मेरो पहिलो एजेण्डा हो ।
जनतालाई आफ्नो योजनाहरु देखाइरहेका छन् र भनिरहेका छन्, ‘मैले गुल्मेली जनताको शिर निहुरो हुन दिने छैन, सधैँ विकासकै लागि लडिरहने छु । गुल्मी क्षेत्र नम्बर २ (क) मा विकास गर्ने मेरो पहिलो एजेण्डा हो ।’

श्रेष्ठलाई एकीकृत समाजवादी र माओवादी केन्द्रको साथ छ । भन्छन्, ‘संविधान रक्षासँगै विकासका लागि मेरो उम्मेद्वारी हो ।’

उनीसँग प्रतिस्पर्धाका लागि नेकपा एमालेले डिल्लीराज भुसाललाई चुनावी मैदानमा पठाएको छ । भुसाल उनै व्यक्ति हुन् जसले रेसुङ्गा नगरपालिकाको नेतृत्व पाँच वर्षसम्म गरे । तर, उनको कार्यकाल असफल भएको बेलाबेला गुल्मीमा चर्चा भइरहन्छ । तर, भुवन शक्तिमा पुगेपछि गुल्मीका समस्या र समाधान हेरेर काम गर्ने उम्मेद्वारका रुपमा आश गरिएको छ ।

२०४२ सालदेखि सक्रिय राजनीतिमा छन् भुवन । ०४६ मा सम्पन्न जनआन्दोलनपछि सम्पन्न पहिलो स्थानीय निर्वाचनबाट तम्घास गाविसको अध्यक्ष चुनिएका थिए, त्यतिबेला उनको उमेर जम्मा २५ वर्षमात्र थियो ।

तम्घासमा मोटरबाटो पुर्याउन उनको योगदान रहेको स्थानीय चर्चा गर्छन् । त्यति मात्र नभइ तम्घासमा नेपालमै पहिलो लिफ्टिङ खानेपानीबाट जनतालाई पानी पुर्याउने अगुवाका रुपमा उनी गनिन्छन् ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका गुल्मी संस्थापक अध्यक्ष भएका भुवन २०५० सालमा नेविसंघको छैठौं अधिवेशन तयारी समितिका संयोजक बनेका थिए ।

त्यसयता उनी नेपाली कांग्रेसका विभिन्न तप्कामा रहेर काम गरिरहेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट लुम्बिनी प्रदेशको उपसभापति भएका उनी एमालेका डिल्लीराज भुसाललाई पराजित पारेर प्रदेशसभाको संसद्मा प्रवेश गर्न चाहन्छन् ।
राजनीति सेवा हो । धेरैले पेशा बनाए । यसकाविरुद्ध विकासमा पक्षमा मेरो उम्मेद्वारी हो ।

चुनाव जितेपछि सदनमा जनताका समस्या प्रस्तुत गर्ने कला उनीसँग छ । राजनीतिलाई सेवाका रुपमा बुझ्छन् उनी, भन्छन, ‘राजनीति सेवा हो । धेरैले पेशा बनाए । यसकाविरुद्ध विकासमा पक्षमा मेरो उम्मेद्वारी हो ।’
यो पनि…
दुई दशकपछि नेपाली कांग्रेसको नेतृत्व फर्काए खेलराजले
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल










Binance पंजीकरण
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.