English

सार्वजनिक यातायातमा पालना भएन स्वास्थ्य मापदण्ड



कोरोना महामारी उत्कर्षमा छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीले सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउन लागि चेक जाँचमा कडाई गरेको छ । तैपनि सवारी चालक, सह–चालक र यात्रुले यसलाई गम्भिर रूपमा लिएको देखिँदैन ।

कतिपयले मास्क नलगाई हिँड्ने, मास्क खल्ती वा झोलामा बोक्ने, चिउँडोमा मास्क लगाउने, हातमा राख्ने गरेका छन् । शुक्रबार मेरोलाइफस्टाइल टिम छड्के जाँचमा निस्केको थियो । निकै भीडभाड हुने चाबहिल चोकमा सवारी साधनमा गरिएको जाँचमा सवारीका अधिकांश सह–चालकले मास्क चिउँडोमा लगाएका दृश्य देखिएको थियो ।

त्यसैगरी सवारी साधन भित्रको दृश्य पनि मास्क नलगाएको देखिएको थियो भने सवारी चालकहरुले पनि यसलाई प्रवाह गरेको देखिएको थिएन ।

मास्क लगाएका यात्रुलाई मात्र सवारीमा चढाउन र नलगाएका यात्रुलाई मास्क लगाउन दिएर सवारीमा चढाउन अनुरोध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा जारी गरेको छ । यस बीचमा पनि अति आवश्यक कामबाहेक बाहिर ननिस्किन पनि आग्रह गरेको छ । काम विशेष बाहिर निस्किनेलाई र सार्वजनिक सवारी साधनमा यात्रा गर्नेलाई अनिवार्य मास्क प्रयोेग गर्न भनिएको छ । तर पालना भएको छैन ।

मास्क लगाएका यात्रुलाई मात्र सवारीमा चढाउन र नलगाएका यात्रुलाई मास्क लगाउन दिएर सवारीमा चढाउन अनुरोध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । यसका साथै सवारीमा क्षमताभन्दा बढी यात्रु राखेमा सो सवारीलाई कार्वाही गर्ने समेत उनले बताए । यातायातमा मास्क नलगाएका यात्रु आएमा चालक र सह–चालकले प्रति मास्क १० रुपैँयाको दरले मास्क लगाउन दिएर नै सवारीमा चढाउन दिने नियम रहेको उनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested