निषेधाज्ञामा के खुल्छन्, के बन्द हुन्छन् ?



काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा १६ वैशाखबाट निषेधाज्ञा जारी हुने भएको छ । सोमबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भएमा कुनैपनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

छलफलका क्रममा सुरुवाती चरणमा सार्वजनिक यातायात र निजी यातायात पूर्ण रूपमा बन्द गर्ने, होटललाई होम डेलिभरी र टेक अवेका लागि मात्र खुला गर्ने निर्णय भएको भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यी सेवा खुला

निषेधाज्ञामा किराना पसलसँगै औषधि पसल, अस्पताल, एम्बुलेन्स, शवबाहन र प्रेसका गाडी भने चल्न दिइने भट्टराईले बताए । यसैगरी, खाद्यान्न, तरकारी, पानी, दूधजस्ता दैनिक उपभोग्य बस्तुको ढुवानी गर्ने सवारी साधनलाई पनि खुला गरिएको छ ।

बैंक, हुलाक, कर कार्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयले आधा कर्मचारी राखेर सेवा दिनुपर्ने लगायतका निर्णय भएका छन् । खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यी सेवा बन्द

निषेधाज्ञासँगै सार्वजनिक तथा निजी यातायात पूर्ण रूपमा बन्द रहनेछन् । यस्तै, पार्टी प्यालेसमा भोज भतेरमा पूर्ण रूपमा रोक लगाइनेछ । विद्यालयहरू पूर्ण बन्द रहनेछन् । यी सँगै अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने भट्टराईले बताए । यसैगरी, किराना पसल बाहेकका सबै पसल बन्द हुनेछन् ।

काठमाडौं उपत्यकामा सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ । अत्यावश्यक सेवा दिने बाहेकका सार्वजनिक र निजी सवारी साधन १६ वैशाखदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई