५४० जना डेंगुका नयाँ बिरामी थपिए



पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ ।

बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

यो पनि…
पछिल्लो चौबिस घण्टामा थपिए डेंगुका २ हजार २६ नयाँ बिरामी
७६ जिल्लामा पुग्यो डेंगु, बिरामीको संख्या साढे २४ हजार नजिक



...
Paqdri

order rocaltrol 0.25mg generic order rocaltrol 0.25 mg pills buy generic calcitriol 0.25 mg

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

धेरैको बानी हुन्छ कि उठ्ने बित्तिकै सबैभन्दा पहिले चिया वा कफी पिउने। धेरै मानिसहरू आफूलाई ताजा बनाउन खाली पेटमा चिया

गलत खानपान, खानामा पोषक तत्त्वको कमी, महिनावारी, आन्तरिक चोटपटक आदिका कारण शरीरमा रगतको कमी हुन्छ । यसले एनिमिया रोगको जोखिम

राम्रो स्वास्थ्यको लागि स्वस्थ खाना आवश्यक छ। तर कहिलेकाहीँ गलत समयमा केही खाँदा स्वास्थ्यमा पनि उल्टो असर पर्छ । यस्तो

जाडो मौसम सुरु भएको छ, यस्तो अवस्थामा चिसो लाग्नु सामान्य भएको छ । रुघाखोकीको औषधि सेवन गर्न धेरैजसो मानिसलाई झन्झटिलो

Suggested