शुभ साइतमै राखियो दसैंघरमा जमरा (फोटो फिचर)



काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो ।

सोमबारबाट नवरात्र सुरु भएको छ । जसअनुुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । हनुमानढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमानढोकामा हर्ष बढाईंसाथ जमरा राख्ने चलन छ ।

गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ । घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।

साथै जमराघरमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । यस वर्षको दसैैंको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११ः५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो पनि…
दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ? जानौं
दसैं अनुभव : टीकाको दिन साह्रै रिस उठ्थ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार