English

दसैं अनुभव : टीकाको दिन साह्रै रिस उठ्थ्यो



सरोज खनाल, अभिनेता

मेरो जन्मघर चितवन हो । तर, सानै उमेरदेखि काठमाडौंमै बसें । दसैं नजिक आउने बित्तिकै घर जान पाउने कुरा सम्झँदा एउटा छुट्टै अनुभूति हुन्थ्यो । दसैंमा घर गइसकेपछि म बुबाको साथमा खसी किन्न जान्थें । सानो बेला घरमा खसी ल्याएपछि दसैं भित्रियो जस्तो लाग्थ्यो ।

अरु बेलामा पनि लुगा सिलाएर लगाइन्थ्यो तर, दसैंमा सिलाएर लगाउने लुगाको छुट्टै महत्व थियो । त्यो समयमा लुगा सिलाउने सुचिकारहरु कम मात्र हुने गर्थे त्यसैले दसैंको बेलामा लुगा सिलाउनेहरुको भिड हुन्थ्यो ।जसले गर्दा सुचिकारले लुगा सिलाउन भ्याउनु हुँदैन थियो । मसँग पनि एक पटक त्यस्तो भएको थियो । दसैंको लागि लुगा सिलाउन दिइएको थियो । तर, सुचिकारले लुगा नै तयार पार्दिन भ्याउनु भएनछ । मेरो लुगा तयार नभएको देखेर मलाई धेरै चिन्ता लाग्यो । त्यसपछि सुचिकारको घरमा घन्टौं बसेर लुगा तयार पारेर ल्याएको थिएँ ।

मलाई बाल्यकालमा दसैंको टीकाको दिन चाँही मन पर्दैन थियो । हाम्रो ठुलो परिवार थियो । अनि म परिवारको सबैभन्दा कन्छो सदस्य । दसैंको टिकाको साइत प्रायः ११ देखि १२ बजे हुने गर्छ । घरको सबैभन्दा कान्छो भएकोले टिका लगाउने पालो मेरो अन्तिममा आउँथ्यो । मेरो पालो आउँदा लगभग २ बजिसकेको हुन्थ्यो । अनि मलाई साह्रै रिस उठ्थ्यो ।

मलाई बाल्यकालमा दसैंको टीकाको दिन चाँही मन पर्दैन थियो । हाम्रो ठुलो परिवार थियो । अनि म परिवारको सबैभन्दा कन्छो सदस्य । दसैंको टिकाको साइत प्रायः ११ देखि १२ बजे हुने गर्छ । घरको सबैभन्दा कान्छो भएकोले टिका लगाउने पालो मेरो अन्तिममा आउँथ्यो । मेरो पालो आउँदा लगभग २ बजिसकेको हुन्थ्यो । अनि मलाई साह्रै रिस उठ्थ्यो । फेरि, टीकाको दिन घरमा थरि–थरिका परिकार पाकेको हुन्थ्यो तर, टीका नलगाई खान नपाईने । भोक लागेर खपिनसक्नु हुँदा पनि खाना खान नपाईने भएकोले टिकाको दिन चाँहि मन पर्दैन थियो ।


सानो छँदा चङ्गा पनि खुब उडाइयो । त्यो पनि एकदमै याद आउँछ । दसैं नजिकिँदै गर्दा आकाशमा थरि–थरिका चंगाहरु उडेको देख्दा अहिले पनि बाल्यकालको झल्को आउँछ । दसैंको अर्को महत्वपूर्ण कुरा भनेको लिङ्गे पिङ पनि हो । दसैंमा रातो टिका जमरा लगाएर पिङ खेल्न जान पनि खुब रमाइलो लाग्थ्यो मलाई । पिङ खेल्नको लागि पनि धेरै लाइन बसेको छु


सानो छँदा चङ्गा पनि खुब उडाइयो । त्यो पनि एकदमै याद आउँछ । दसैं नजिकिँदै गर्दा आकाशमा थरि–थरिका चंगाहरु उडेको देख्दा अहिले पनि बाल्यकालको झल्को आउँछ । दसैंको अर्को महत्वपूर्ण कुरा भनेको लिङ्गे पिङ पनि हो । दसैंमा रातो टिका जमरा लगाएर पिङ खेल्न जान पनि खुब रमाइलो लाग्थ्यो मलाई । पिङ खेल्नको लागि पनि धेरै लाइन बसेको छु । पिङ नखेलेसम्म दसैं आएको जस्तै हुँदैनथ्यो ।
त्यसैले दसैं त बाल्यकालकै रमाइलो हो । जब वयस्क हुँदै जिम्मेवारी थपिँदै गयो । त्यसपछि दसैं पनि फिक्का लाग्न थाल्यो ।

यो पनि पढ्नुहोस् :

चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested