English

के हो औलो, कसरी बच्ने ?



एनफिलिज जातको पोथी लामखुट्टे अथवा सङ्क्रमित लामखुट्टेको टोकाईबाट औलो सर्छ । यो जातको लामखुट्टेको विकास विशेषगरी पानी जमेको ठाउँमा हुने गर्छ । आज अप्रिल २५ ‘शुन्य औलोको लक्ष्यमा पुग्दैछौं’ भन्ने नाराका साथ संसारभर विश्व औलो दिवस मनाइदैछ । नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्लो समय निवारण उन्मुख रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तैपनि औलोको जोखिम भने कायमै छ । यहाँ हामीले औलोका लक्षण र बच्ने उपायका बारेमा चर्चा गरेका छौं ।

औलोका लक्षण

– ज्वरो आउनु
– जाडो अनुभव हुनु
– काम ज्वरो आउनु
– अत्याधिक पसिना आउनु
– टाउको दुख्नु
– बान्ता हुनु
– शरीर दुख्नु

औलोबाट बच्ने उपाय

औलोको शंका लागेमा यसको निदानका लागि रगतको जाँच गर्नुपर्छ । यदि कोहि व्यक्ति औलो संक्रमण क्षेत्रबाट भर्खरै आएको छ र उसलाई ज्वरो आएको छ भने अनिवार्य जाँच गर्नुपर्छ । यो रोगको पहिचान भएपश्चात भने नेपाल सरकारले धरै अघिदेखि निःशुल्क प्रदान गर्दै आएको औषधिको प्रयोग गर्नु पर्ने हुन्छ ।

समयमै निदान भएर उपचार हुने हो भने यो रोग पुर्णरुपमा निको हुन्छ । यो रोग लाग्नबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु नै हो । त्यसका लागि लामखुट्टे वृद्धि विकास हुन नदिन विशेष ध्यान दिनुपर्छ । साथै, यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ।

– झुल हालेर सुत्ने
– लामखुट्टे भगाउने रसायनको प्रयोग गर्ने
– घर वरपरका पानी जमेका खाल्डाखुल्डी पुर्ने
– लामखुट्टेका लार्भा मार्ने किटनाशक औषधिको प्रयोग गर्ने
– बाहुला भएका कपडा लगाएर बस्ने

(डाक्टर शेर बहादुर पुनसँग गरिएको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested