English

चिउरीको आफूभन्दा जेठो पानी संकट टरेपछि…



जाजरकोट नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराले थाहा पाएदेखिनै खानेपानी संकट भोग्दै आएकी छिन् । उनले एक गाग्री पानीका लागि कयौं पटक दिन बिताएकी छिन् । निन्द्रा बिगारेकी छिन् । अब धनकलाले पानीका लागि न त दिन माया मार्नु पर्छ न निन्द्रा नै बिगार्नु पर्छ ।

घर आँगनमै पानी आएपछि नलगाड चिउरीका बासिन्दाले राहातको सास लिएका छन् । नहकुलीको पहाडमा रहेको मुहानबाट धनकलाको आँगनमै पानी ल्याएर धारा निर्माण भएको छ । अब धनकलाको घरमा चौबिसै घण्टा निरन्तर पानी आउँछ ।

धनकला आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुस्ख र संर्घषका दिन सम्झिन्छिन्। ‘साना छोराछोरीलाई डोकाले छोपेर यहाँका मानिस पिउने पानी ल्याउन निकै टाढा जानुपर्थ्यो ’ उनी भन्छिन्, फर्केर आउँदा बच्चा रोईकराई गरेर निद्रामा परिसकेका हुन्थे ।’

आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पायौँ’, उनी भन्छिन्, ‘पानी नहुँदा हाम्रा छोरीबुहारीले कति दुस्ख पाए।

धनकला जस्तै ५१ वर्षीय रमिता विक पनि आँगनमै पानी आएपछि दंग छिन्। ‘आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पायौँ’, उनी भन्छिन्, ‘पानी नहुँदा हाम्रा छोरीबुहारीले कति दुस्ख पाए।’

करिब एक सय ४० घरधुरी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा निकै टाढाको दूरी पार गरी डोकोमा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता थियो । सबै मानिस पानी ल्याउन निस्कने समय एउटै हुँदा निकै बेर कुर्नु पर्ने अवस्था थियो । नलगाड नगरपालिका –१ र २ का ६ सय ५० घरधुरीमा एकै पटक घरघरमा खानेपानीको धारा पुगेपछि पानीका दुःख हटेको छ। कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालय र स्थानीयवासीको करिब साढे ४ करोड श्रमदानबाट खानेपानी आयोजना निर्माण भएको हो ।

०७४ सालमा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना पाँच वर्षमा पूरा भएको छ । १४ किलोमिटर ढाटाको दूरीबाट ल्याएको पानीबाट आधा दर्जन गाउँमा चौबिसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टंकबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार आधा दर्जन पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराएइको हो ।

एक सय ५१ वटा ठुला ,साना ट्यांकी निर्माण गरी घर, घरमा पानी ल्याएको अध्यक्ष घर्तीले जानकारी दिए। चिउरीको दलित बस्ती, गढी, छेप्का, बैरीताल चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौर लगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ।

यो पनि…
खानेपानीले हाहाकार बनेको गाउँ हरियाली
मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी भर्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

सन्जिव दुलालकाठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

जेठ २४ । केके मानन्धर ।देशकै सामुदायिक तर्फको जेठो संस्था केन्द्रीय मानन्धर संघले नयाँ नेतृत्व चयन गरेको छ । २०१०

Latest










Popular
Suggested