English

एकैदिन ३,१२२ जनालाई कोरोना, २८ संक्रमितको मृत्यु



नेपालमा देशभर थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जना छन् । जसमा काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । ती मध्ये १ हजार ५ सय ९४ जना संस्थागत आइसोलेसनमा छन् भने १७ हजार ७ सय ८८ जना होम आइसोलेसनमा छन् ।

आज देशभर २ सय ५२ जना आइसीयूमा भर्ना भएका छन् र जसमध्ये ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमण मुक्त भइ ४ सय ५० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुने दर ९२ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप २८ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण भएको छ भने ७ सय ८६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये पीसीआर विधिबाट ३ हजार ३२ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ