English

बालुवाको सट्टा माटोको प्रयोग



नेपालको सबैभन्दा ठुलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि माटो मात्र प्रयोग गरेको पाइएको छ ।

ताल्च जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको करिब ४ किलो मिटर सडकखण्डमा बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको हो । मुगुको रारा जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरेको पाइएको छ ।

सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो छैन र पहिरो रोक्न वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ । मेसेनरी वाला निर्माणमा बालुवा, सिमेन्ट र ढुङ्गाको समिश्रण हाल्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको छायांनाथ रारा नगरपालिका-८ का स्थानीय हरिकृष्ण बिष्टले बताए ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा जाने यो सडकमा सिमेन्टमा बालुवा मिसाएर प्रयोग गर्नुको साटो माटो प्रयोग गरेर गुणस्तरहीन वाल बनाइँदै गरिएको छ । यस सडकमा काम गरिरहेका कामदारले पनि बालुवाको नाममा माटो प्रयोग गर्ने गरेका र ठेकेदारले जे काम गर्न आदेश दिन्छ त्यसै अनुरुप काम गर्ने गरेको कामदारहरूले बताएका छन् ।

सडक डिभिजन कार्यलय जुम्लाअन्तर्गत २ करोड ३८ लाख लागतमा नाङजिल एण्ड आकांक्षा मजदुर जेवीले सडकको वाल निर्माण तथा ग्राभेल गर्ने कामको जिम्मा पाएको हो । सडक निमार्णको काममा ग्राभेल राम्रै भए पनि वाल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको छायांनाथ रारा नगरपालिका-८ का वडा अध्यक्ष कर्णबहादुर रावलले बताए ।

यस सडकको लम्बाई ४ किलोमिटर ४ सय ६० मिटर छ । सडकको अधिकांश मेसेनरीवाल निर्माणमा टालटुल गरेको पाइन्छ । कामको जिम्मा पाएको ठेकेदार कम्पनीले कामदारहरूलाई पेटिमा काम गर्न लगाउने र घनमिटरका आधरमा प्रतिघनमिटर १ हजारका दरले भुत्तानी गर्ने गरेको खुलेको छ ।

ठेकेदार कम्पनीको लापरबाहीले बालुवाको साटो माटो प्रयोग गरेर गैरजिम्मेवार रुपमा काम गरिएको कर्णजङ्ग शाहीले जानकारी दिए । दीर्घकालीन सोचसहित गुणस्तरीय काम हुन नसके यहाँका सडक कसैका लागि कमाइ खाने भाँडो मात्र बनेको प्रष्ट बुझ्न सकिन्छ ।

यो पनि…
रारा र शे–फोक्सुण्डो ‘कर्णालीको हिरा’
सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested