English

आकर्षक देखिन कस्तो हिल जुत्ता लगाउने



हिल भएको जुत्ता प्रायः सबै महिलालाई मन पर्छ । हिल जुत्ता लगाएर हिड्न सक्ने महिलाले विशेषगरी पार्टी वा समारोहमा हिल भएकै जुत्ता प्रयोग गर्न रुचाउछन् । यदी तपाई पनि हिल जुत्ताको शौखिन हुनुहुन्छ भने तपाई हिल जुत्ताको छनौट यसरी गर्न सक्नुहुन्छ ।

स्टिल टोज हिल

स्टिल टोज हिल एकदमै अग्लो हिल भएको जुत्तालाई भनिन्छ । यो हिल जुत्ता लगाउदा खुट्टालाई पातलो देखाउँछ । यो हिल जुत्ताको हिल एकदमै चुच्चो परेको हुन्छ । जसको कारण धेरैलाई हिड्डुल गर्न असहज पनि हुन्छ । यो हिल पछाडीबाट अगाडी तर्फ पातलो हुन्छ । यो हिल लगाउँदा खुट्टाको औला मात्र देखिदैन । यो हिललाई रातीको पार्टीमा लगाउर्दा आकर्षक देखिन्छ । यो हिल जुत्ता तपाईले यस्तो किसिमको पार्टीमा मात्र लगाउन सक्नुहुन्छ, जुन पार्टीमा तपाईलाई कमै हिड्डुल गर्न परोस् ।

पम्प्स हिल

पम्प्स हिल जुत्ताको उचाई स्टिल टोज हिलको तुलनामा कम हुन्छ । यो हिल जुत्ताको हिल थोरै मोटो हुन्छ । यसको उचाई पनि सिधा हुन्छ । यो हिल लगाएर हिड्न केही सजिलो हुन्छ । यो हिल पुरै खुट्टा छोप्ने वा आधा खुट्टा छोप्ने प्रकारको हुन्छ । यो हिल जुत्ता पहिलो पटक लगाउदैं हुनुहुन्छ भने कालो वा हल्का खैरो रंगको किन्दा राम्रो हुन्छ ।

ब्लक हिल

ब्लक हिल अरु हिल भन्दा फराकिलो हुन्छ । यो हिल लगाएर सजिलै हिड्डुल गर्न सकिन्छ । यो हिल जुत्तालाई तपाईले एक जोर राख्दा राम्रो हुन्छ । यो हिल तपाईले कुनैपनि पार्टी वासमरोहमा लगाउनु सक्नु हुन्छ । यो हिलले तपाईको लुक्सलाई एकदमै राम्रो देखाउँछ ।

प्लेटफर्म हिल

प्लेटफर्म हिल अन्य हिलको तुलनामा लगाएर हिड्डुल गर्न सजिलो हुन्छ । तपाईलाई पार्टी, समारोह वा कुनै कार्यक्रममा धेरै हिड्नु पर्ने हुन्छ र हिल जुत्ता पनि लगाउन मन छ भने यो हिल जुत्ताको प्रयोग गर्न सक्नुहुन्छ ।

किटल हिल

किटल हिल अन्य हिल जुत्ताको तुलनामा छोटो हुन्छ । तपाई अग्लो हिल जुत्ता लगाएर हिड्डुल गर्न सक्नु हुन्न र तपाई शारीरिक रुपमा अग्लो हुनुहुन्छ भने यो हिल तपाईको लागि परफेक्ट हुन्छ । यो हिलले तपाईको लुक्स राम्रो देखिनुका साथै यो हिल दैनिक रुपमा प्रयोग गर्न पनि सक्नुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको