English

यू–१७ उपाधिका लागि नेपाल र भारत भिड्दै



यू–१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ ।

कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ ।

चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलोपटक उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि तीनपटक नेपाल फाइनल पुगेर पनि भारतसँग निरास बन्दै आएको छ ।

नेपाल र भारत यसपटक एकै समूहमा परेका थिए । जसमा नेपाल ३–१ ले विजयी भएको थियो । सन् २०१९ को फाइनलमा नेपाललाई भारतले ६० ले पराजित गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भारतमाथि समूह चरणमा जित निकालेको भए पनि फाइनल भिडन्त कठिन हुने बताए । ‘भारत सधै हाम्रा लागि कठिन प्रतिद्वन्द्वी हो’, श्रेष्ठले भने, ‘हाम्रो लक्ष्यबाट एक जित मात्र टाढा छौ,’ श्रेष्ठले भने ।

यो पनि…
यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने
नेपाली फुटबल : हराउँदै गयो,‘हिप हिप हुर्रे’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का