English

किन गर्ने योग, के छन् यसका फाइदा ?



काठमाडौं कपन, बालुवाखाना टोलकी सविता थापा करिब ६ वर्ष अघि घुँडा दुख्ने समस्या लिएर धेरै अस्पताल धाइन् । तर अस्पतालको औषधीको सेवनले समस्या कम भएन । त्यसपछि उनी साथीको सल्लाहले योग शिविर गइन् । योग गर्न थालेपछि घुँडा दुख्ने समस्या मात्रै निवारण भएन, अहिले आफूलाई अन्य रोगले पनि नसताएको उनी बताउँछिन् ।

योग, ध्यान, शारीरिक कसरत र खानपिनमा सन्तुलन गर्न सकियो भने रोगलाई जित्न सकिन्छ । साथै, तनावबाट मुक्ति र स्वस्थ जीवन जिउन सकिन्छ भन्ने कुरा थापाले अहिले राम्रोसँग बुझेकी छिन् । त्यसैले, उनले आफ्नो जीवनशैली योगमय बनाएकी छिन् ।

भएन योगको प्रचार

१२ वर्षदेखि योग गर्दै आएकी देव कृपा अहिले पतञ्जली योगपीठकी योग प्रशिक्षक छिन् । उनका अनुसार योगले मानिसलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न मद्धत गर्छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पमा अभिभावक गुमाएका बालबालिकालाई गरिएको उद्धारपछि उनी ती बालबालिकाको हेरचाहमा छिन् ।

योगबारे ज्ञान नेपाली समाजमा अझै पनि कम छ । योग भनेकै जोड्नु हो । यसले परमात्मासँग मन र मस्तिष्कको मिलन गराउँछ ।

योगासनमा सबैभन्दा लाभदायक आसन सूर्य नमस्कार मानिन्छ । कृपाको सबैभन्दा मनपर्ने आसन पनि सूर्य नमस्कार हो । लगातार तीन घन्टासम्म सूर्य नमस्कार गर्न सक्ने आफूलाई एक घन्टा त सामान्य भएको उनी बताउँछिन् । विगत एक दशकदेखि उनले कुनै औषधी सेवन गरेकी छैनन् ।

यसरी योगासन गरेर विभिन्न रोगबाट छुटकारा पाएका कैयौँ उदाहरण छन् । तर योगबारे ज्ञान नेपाली समाजमा अझै पनि कम छ । पतञ्जली योग समितिका केन्द्रिय सदस्य एवं योग गुरु लोकनाथ खनालका अनुसार योगको वास्तविक अर्थ थाहा पाउन नसकेको कारण आममानिसहरु योगसँग जोडिन नसकेको देखिन्छ । योग भनेकै जोड्नु हो । यसले परमात्मासँग मन र मस्तिष्कको मिलन गराउँछ ।

के हो योगासन ?

कुनै एउटै पोजिसनमा लामो समयसम्म बस्न सक्नु योगासन हो । शरीर र मनलाई शान्त राखेर बस्न नसके योगासनबाट लाभ लिन सकिदैन । त्यसैले, हामी जुन आसनमा योग गरे पनि त्यसमा सासलाई गहिरो रूपले ध्यान दिनु आवश्यक छ । आसनअनुसार श्वास–प्रश्वासको तरिका बदल्नुपर्ने हुन सक्छ । योगका धेरै आसन हुन्छन् । आफूलाई के समस्या छ, सोही अनुसार योगासनको तरिका फरक फरक हुन्छ । आफूलाई योगाभ्यासको ज्ञान नभए गुरु थाप्नु जाति हुन्छ ।

कुनै एउटै पोजिसनमा लामो समयसम्म बस्न सक्नु योगासन हो । शरीर र मनलाई शान्त राखेर बस्न नसके योगासनबाट लाभ लिन सकिदैन ।

जीवनशैलीमा परिवर्तन

योग गुरु लोकनाथ खनालका अनुुुसार योगको सुरुवात नै परिवर्तन भएको हुनाले योगाभ्यास सँगै मानिसको जीवनशैली स्वास्थ्य हँुदै जान्छ । यसले मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउँछ । नियमित योगाभ्यासले खानपानमा सुधार आउँछ भने शारीरिक र मानसिक रुपमा स्वास्थ्य समेत भइन्छ ।

‘अन्य व्यायाममा शारीरिक स्र्फुततालाई मात्र बढी महत्व दिइन्छ भने योगमा श्वाससम्बन्धि अभ्यास गरिन्छ । श्वासको लयबद्धतालाई ध्यानमा राखेर अभ्यास गरिन्छ ।,’ खनाल भन्छन्, ‘ योगमा गरिने आसनमा विपरित क्रिया हुन्छ । शरीरलाई जति अगाडि झुकाउने क्रिया हुन्छ, त्यति नै पछाडि झुकाउने अभ्यास पनि हुन्छ । जति शरीरलाई दायाँ लग्ने अभ्यास हुन्छ, त्यति नै बायाँ लग्ने अभ्यास पनि हुन्छ, यसले शरीर सन्तुलित गर्न मद्दत गर्छ ।

सरी मोबाइललाई दिनभरि एक्टिभ राख्न चार्ज गर्नुपर्ने हुन्छ, त्यस्तै शरीरलाई पनि दिनभरि एक्टिभ राख्न योग गर्नुपर्ने हुन्छ ।

योग किन आवश्यक ?

खनालका अनुसार सफल जीवन जिउन, शैक्षिक, व्यवसायिक तथा अन्य जुनसुकै कार्य क्षेत्रको सफलताको लागि पनि योग आवश्यक छ । योगले हाम्रो शरीरलाई स्वास्थ्य र स्फूर्त राख्न मद्दत गर्छ ।’ एकाग्रता र ध्यानको लागि पनि योग महत्वपूर्ण छ । जसरी मोबाइललाई दिनभरि एक्टिभ राख्न चार्ज गर्नुपर्ने हुन्छ, त्यस्तै शरीरलाई पनि दिनभरि एक्टिभ राख्न योग गर्नुपर्ने हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,