English

विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्री दर १२६ रुपैयाँ ९५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलरदेखि जापानी येनसम्मको भाउ पनि आज घटेको छ । यसअघि अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा रहेकोमा बिहीबार घटेर एकको खरिद मूल्य ८५ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ १८ पैसा कायम एको छ ।

यसअघि क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा रहेकोमा घटेर खरिदमा ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३६ पैसामा झरेको छ ।

यता जापानी येनमा पनि गिरावट आएको छ । बुधबार जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०३ पैसा रहेकोमा बिहीबार खरिद मूल्य ८ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २८ पैसा र बिक्रीमा १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल, कतारी रियालदेखि मलेसियन रिग्गेटको बिक्रीदर पनि सामान्य बढेको छ । आज साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३४ रुपैयाँ १० पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसअघि भने साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा रहेको थियो

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ६१ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३३९ रुपैयाँ ९४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested