English

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा



राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवासुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद सचिवालयलाई आग्रह गरे ।

सांसद पद त्यागेको घोषणासँगै अरु सांसदहरुले पुनः जितेर आउन शुभकामना दिँदै उनले भने, ‘सबै माननीय सदस्यहरुलाई सांसदको विजयका लागि, उपस्थितिका लागि शुभकामना व्यक्त गर्दछु । म पनि प्रयास गर्नेछु, एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा यहाँ उपस्थित हुने र यस प्रकारका निर्णय (संसदमा हुने गलत निर्णय) हुन नदिने भूमिका निर्वाह गर्ने संकल्प र अठोटका साथ जनताको बीचमा जाँदै छु ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बताएका छन् । आफू र आफ्नो दलको स्वार्थका लागि गर्ने निर्णयहरु आगामी संसदमा हुन नहुने भन्दै उनले यसप्रति सबै राजनीतिक दलहरुलाई संकल्प गर्न आग्रह गरे ।

पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने निमानुसार लेखेर पनि दिन्छु ।

४ मंसिरमा हुने निर्वाचनको तयारी र संसदको आयू लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका हुन् ।

‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउनमात्रै संसद आइँदैन भनेर आउन छोडेको थिएँ,’ बैठकमा उनले भने, ‘तर, पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने निमानुसार लेखेर पनि दिन्छु ।’

यो पनि…
राजेन्द्र लिङ्देन भाेट माग्दै, कमल थापा बन्दसत्र चलाउँदै (फोटो फिचर)
राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले