English

सांसद पद गुमाएकाहरू



२०७८ वैशाख ५ गते आईतवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभा सदस्यबाट मुक्त भए । अर्थात् उनको सांसद पद गुम्यो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट वि.सं २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दल त्याग गरेपछि राष्ट्रिय सभा सदस्यबाट मुक्त गरिएको हो । उनलाई मोआवादी केन्द्रका सचेतक दीनानाथ शर्माले राष्ट्रिय सभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखित पत्र पेश गरेका थिए । सो पत्र पेश भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज (आईतवार) स्वीकृत गरेका हुन् । सांसद पदबाट मुक्त भएसँगै उनको स्थान रिक्त रहेको छ ।

यसरी सांसद पदबाट हटाइएका नेताहरूमा उनी मात्र एक्लो होइनन् । यसअघि पनि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले गत वर्षको चैत २१ गते बुधवार सचिवालयमा दल त्यागको सूचना दिएपछि २२ गते बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए ।

सांसद पद गुमाउनेहरूमा मन्त्रीहरू लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी छन् । उनीहरू सबै २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनीहरू सबैलाई अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको भन्दै राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम दल त्याग गरेको सूचना आएकोले सांसद पदबाट हटाइएको हो ।

सांसद पद गुमाउनेहरूमा मन्त्रीहरू लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी छन् । उनीहरू सबै २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

सांसद पदबाट हटाइएकाहरूमा रामबहादुर थापा गृहमन्त्री छन् भने टोप बहादुर रायमाझी उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, त्यस्तै गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र प्रभु साह शहरी विकास मन्त्री छन् । गृहमन्त्री थापाबाहेक अन्य चारै जना मन्त्रीले पुनः आ–आफ्नो मन्त्रालयको शपथ लिइसकेका छन् । गृहमन्त्री बादलको शपथ ग्रहण कार्यक्रम आज (आईतवार) साँझ राष्ट्रपति भवन शितल निवासमा राखिएको छ । उनले सांसद नभए पनि ६ महिनासम्मका लागि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार गृहमन्त्रीको शपथ लिन लागेका हुन् ।

केन्द्र सरकारमा मात्रै होइन, यसरी सांसद पद गुमाउनेहरूको सूची प्रदेश सरकारमा पनि छ ।

प्रदेश सरकारमा सांसद पद गुमेका माओवादी नेताहरू

यसअघि गत वर्षको चैत २५ गते माओवादी केन्द्रका दुई सांसदको पद गुमेको थियो । पार्टीले कारवाही गरी संसदीय दलको सदस्यबाट हटाएको दल त्यागसम्बन्धि सूचना लुम्विनी प्रदेश सभा बैठकमा जानकारी गराएसँगै सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको पद गुमेको थियो । न्यौपाने र पन्थी एमालेमा प्रवेश गरेसँगै उनीहरूलाई माओवादी केन्द्रले कारवाही गरेको हो ।

त्यस्तै प्रदेश नम्बर दुईका चार जना प्रदेश सांसदको पनि पद गुमेको थियो, गत वर्षको चैत ३० मा । प्रदेश कमिटीको सिफारिसमा माओवादी केन्द्रले एमालेमा प्रवेश गरेसँगै उनीहरूलाई कारवाही गरेको थियो । सांसद पद गुमाउनेमा प्रदेश सभा सदस्य रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुशहवा, ज्वाला शाह र मोहम्मद समीर रहेका छन् ।

प्रदेश नम्बर दुईका सांसद पद गुमाउनेमा प्रदेश सभा सदस्य रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुशहवा, ज्वाला शाह र मोहम्मद समीर रहेका छन् ।

अहिलेसम्म माओवादीका ८ जना प्रदेश सभा सांसदले पनि सांसद पद गुमाइसकेका छन् । जसमा प्रदेश नम्बर १ का टंक आङबुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थी र कर्णाली प्रदेशका धर्मराज रेग्मीको सांसद पद गुमेको छ । त्यस्तै प्रदेशनम्बर दुईका चार सांसद रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुशहवा, ज्वाला शाह र मोहम्मद समीरको पनि सांसद पद गुमेको थियो ।

त्यस्तै गत वर्षको असारमा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीको पनि सांसद पद गुमेको थियो । नक्शासम्बन्धी संविधान संशोधनको प्रस्तावको विरुद्धमा बोलेपछि उनलाई पार्टीले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै सांसद तथा पार्टीको साधारण सदस्यबाट समेत हटाएको थियो ।

अहिलेसम्म माओवादीका ८ जना प्रदेश सभा सांसदले पनि सांसद पद गुमाइसकेका छन् । जसमा प्रदेश नम्बर १ का टंक आङबुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थी र कर्णाली प्रदेशका धर्मराज रेग्मीको सांसद पद गुमेको छ ।

प्रदेशमा सांसद पद गुमेका एमाले नेताहरु

त्यस्तै कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदलाई पार्टीको साधारण सदस्यता नरहने गरि हटाइएको थियो । गत शुक्रवार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको थियो । ज्वाला महासमितिमा रहेकोले उनको कार्वाही रोकिएको छ भने बाँकी तीन जना प्रदेश समितिमा रहेकाहरूलाई पार्टीबाट हटाइएको छ । शुक्रवार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए । उनीहरु चारैजना माधव नेपालका पक्षधर थिए ।

गृहमन्त्री बादलको रिक्त स्थानमा उपनिर्वाचन गराउनुपर्ने

गृहमन्त्री बादल सांसद पदबाट मुक्त भएसँगै उनको रिक्त स्थानमा अबको ३५ दिनभित्रै उपनिर्वाचन गराउनु पर्नेछ । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका रिक्त पदको पदपूर्ति जहिल्यै गरेपनि हुन्छ तर राष्ट्रिय सभाका सदस्यहरूको पद रिक्त भएमा त्यसको ३५ दिन भित्रमा उपनिर्वाचन गराउनुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रिय सभाका सदस्यहरूको पद रिक्त भएमा त्यसको ३५ दिन भित्रमा उपनिर्वाचन गराउनुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रिय सभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ, कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गरिनेछ । शनिबार बसेको सर्वदलीय बैठकले स्थानीय तहदेखि प्रदेशसभा, प्रतिनिधिभा र राष्ट्रिय सभामा रिक्त रहेका स्थानमा उपचुनाव गर्नुपर्ने छलफल गरिसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो