English

महाअभियोग प्रकरण : जबरा र सांसदबीच यस्तो रह्यो सवालजवाफ



निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा बयान दिएका छन् । बुधबार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिलाई जबराले बयान दिएका हुन् ।

बयान दिने क्रममा उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निस्क्रिय भइसकेको, बयानमा बोलाउँदा संविधान र संसदको निमावली पालना नगरेको, न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव ल्याएको बताए ।

समिति बैठकमा सांसद र जबराबीच सवाल जवाफ :

जबरा स् मकहाँ बारम्बार मान्छे पठाएर राजीनामा दिन भने । राजीनामा स्वैच्छिक हो कि बाध्यात्मक ? यो इतिहासले मुल्यांकन गर्नेछ ।

रेखा शर्माः यहाँले नेतृत्व गरेको बेला न्यायीक नेतृत्वमाथि सबैतिरबाट प्रश्न उठ्यो, किन ? सबैले प्रश्न गर्ने ठाउँ दिनुभयो भन्ने छ, त्यसखालका वातावरण बन्यो किन ? यो महाअभ्योगको विषय होइन ?

जबराः जे गरेँ, नियम कानुन र संवैधानिक अधिकार बाहिरबाट छैन । सरोकारवाला र राजनीतिक दलहरूको सुझाव अनौपचारिक रुपमा पनि लिने अधिकार हुन्छ । तर, संवैधानिक रुपमा प्राप्त अधिकार र जिम्मेवारी निर्वाह गर्दा दलहरूबाटै प्रश्न उठाएर न्यायलयलाई कमजोर बनाउने काम भयो, यो मबाट भएको त होइन नि ।

कल्याणी खड्काः राजीनामाका लागि दवाब आयो भन्नुभयो । नेपाल बार, पत्रकारले बाहिर ल्याएका विषय के हुन ? न्यायालयमा समस्या थिएन भने किन प्रमाण आए ? बेन्च राख्ने कुरा बाहिरबाट दबाब दिएर हो यहाँले मनलाग्दीका न्यायाधीश राखेर बेन्च गठन गरेको ? यहाँकै दाबी र जवाफ बाझियो । दोहोरो कुरा किन गर्नुहुन्छ ? तपाईंलाई लाग्दैन कि दोहोरो कुरा गर्दा महाअभियोग थप बलियो हुन्छ ?

जबराः मेरो कुरामा दोहोरोपन कसरी भयो ? आधार दिनुस् । अन्यथा आरोपका लागि आरोप लगाउने कुरा इतिहासमा गलत सावित हुन्छ । अध्ययन गरेर कानुनी रुपमा लड्न सक्नेगरी प्रमाण दिनुपर्छ ।

कल्याणी खड्काः बेन्च गठनको विषय कानुनी विषय हो कि हैन ? नियुक्तिका भागबन्डाका कुरा प्रमाण हुन कि हैनन् । सुरुमा प्रधानन्यायाधीश नैतिक पद भन्नु भयो । त्यही नैतिकतामाथि प्रश्न उठेको कुरा के हो ? फैसला कसैलाई सकारात्मक कसैलाई नकारात्मक भन्छन् । सकारात्मक भनेर नकारात्मक कुरा गर्नै नपाइने भन्ने हुन्छ । न्यायाधीश उचालियो, राजीनामा दिन दबाब दियो भन्नुभयो, यो कार्यक्षताको प्रश्न हैन ? यो महाअभियोगको आधार हैन ?

जबराः गलत भए पाँचै जना (पाँच न्यायाधीश) गलत हुन्छ । नेतृत्व सबै कुरा हैन ? दण्डित भए सबै दण्डित हुनुपर्दैन ?

यो पनि…
प्रधानन्यायाधीश जबराविरुद्ध किन लगाइयो महाअभियोग ? पूर्णपाठ र हस्ताक्षरसहित
अझै अलपत्र प्रधानन्यायाधीश माथिको छानबिन समिति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,