English

प्रचार–प्रसार अभावमा ओझेलमा मार्ग पोखरी



कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका यो पोखरी रहेको छ । धार्मीक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियो तर अहिले सुनसान छ ।

हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लोभलाग्दो छ । सिधुवा–शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयको १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएको छ ।

यस पोखरीमा भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । अहिले पोखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताए । ‘पैले पैले पोखरीमा भाकल गरे चित्ताएको पुरा हुन्छ भनेर आउँथे । धामीहरु गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन् ।’ उनले भने ।

वारिपारि लोभलाग्दो हिमशृङ्खलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाईदैन । त्यसो त भौतिक पुर्बाधार निर्माणा नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागी शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्गलगायतका संरचना पनि छन् ।

पोखरी संरक्षणका लागि प्रयास भए पनि पर्यटकको नजर पुगेको छैन । पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भए पनि पदमार्ग छेग्ने झाडी हटाउन आवश्य रहेको पर्यटक कुमार लिम्बूले बताए ।

पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरुले चासो नदिँदा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैमा ओझेल पर्दै गएको छ ।

यो पनि…
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested