English

नेपाल टेलिकम मार्फत इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध



ग्राहकहरूको सहजताका लागि नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ । यही भदौ १ देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये ग्राहकले आफूलाई उपयुक्त अफर छनोट गरी प्रयोग गर्न सक्ने छन् ।

इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत (एक हप्ता) ७ दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरू क्रमशः रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन् ।

एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ ।

यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी 7 नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।

यो पनि…
नेपाल टेलिकमले सुरु गर्‍यो ‘एनटीटीभी’ एपको परीक्षण
नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधाहरू, अब एपबाटै केवाइसी अपडेट गर्न सकिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

Latest










Popular
Suggested