English

जसलाई लाग्यो प्रतिलिपि अधिकार उल्लंघनको आरोप



करिव ३ महिना अघि प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा विन्ध्यवासिनी म्यूजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परिन् । गायक प्रमोद खरेलले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी थिइन् ।

विन्ध्यवासिनीसँग ‘प्रणय’ एल्बमको करार अवधि सकिएपछि फिर्ता माग्दा नदिएको भन्दै प्रमोदले प्रहरीमा उजुरी दिएका थिए । उनले दिएको उजुरीमा ५७ जना गायक–गायिकाको हस्ताक्षरसमेत थियो ।

No description available.

यस्तै, एल्बमको विषयमा कम्पनीको तर्फबाट सञ्चालक सुवास रेग्मीले आफूले उत्पादन गरेको गीत खरेलले बिना अनुमति गाएको आरोप लगाएका थिए । ११ वर्षसम्म यही गीतको ट्रयाक प्रयोग गरेर करोडौं कमाएको दाबी गर्दै उनले १ करोड क्षतिपूर्तिको मागसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

विन्ध्यवासिनीसँग ‘प्रणय’ एल्बमको करार अवधि सकिएपछि फिर्ता माग्दा नदिएको भन्दै प्रमोदले प्रहरीमा उजुरी दिएका थिए । उनले दिएको उजुरीमा ५७ जना गायक–गायिकाको हस्ताक्षरसमेत थियो ।

प्रतिलिपि अधिकार उल्लंघनको विषयलाई लिएर गायक खरेल र विन्ध्यवासिनी कम्पनी बीचको शीतयुद्धले राम्रै चर्चा पायो । यद्यपि लीना भने धरौटीमा रिहा भइसकेकी छिन् । ‘प्रणय’ एल्बमको सर्वाधिकारको विषयमा उनको दाबी कायमै छ ।

गलबन्दीको फन्दा

यसैगरी, करिव २ वर्ष अघि गायक प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको गलबन्दी बोलको गीतले सर्वाधिक चर्चा पायो । गीतले जति चर्चा पायो त्यत्ति नै विवादमा छायो । गायक शम्भू राईले आफ्नो ‘देउसी गीत’को लय र भाका चोरी भएको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा गायक प्रकाश सपूत विरुद्ध निवेदन दिएका थिए । तर, सपूत लचिलो बनेर राईलाई गलबन्दीको संगीतकारको क्रेडिट दिएर माफी मागेपछि विवाद मिलेको थियो ।

चलचित्रका गीतमा पनि उल्लंघन

म्यूजिक भिडियोमा मात्र होइन, चलचित्रका गीतमा पनि प्रतिलिपि अधिकार उल्लंघन भएको आरोप लाग्ने गरेको छ । करिव २ वर्षअघि ‘कबड्डी ३’ चलचित्रको दुबो फुल्यो बोलको गीत संगीतकार आलोकश्रीले आफूले सिर्जना गरेको कहिले फोटो सिरानीमा बोलको गीतबाट चोरिएको आरोप लगाएका थिए । उक्त गीतको संगीतकार एसडी योगी थिए ।

३ वर्ष पहिला चलचित्र ‘कृ’ मा समावेश गरिएको ‘उकालीमा पछि पछि’ गीत चोरी प्रकरणमा चलचित्रका निर्माता सुवास गिरी पक्राउ परेका थिए । उनी प्रधानलाई ११ लाख क्षतिपूर्ति तिरेर हिरासतमुक्त भएका थिए ।

३ वर्ष पहिला चलचित्र ‘कृ’ मा समावेश गरिएको ‘उकालीमा पछि पछि’ गीत चोरी प्रकरणमा चलचित्रका निर्माता सुवास गिरी पक्राउ परेका थिए । २०४० सालमा बनेको चलचित्र सम्झनाको गीत अनुमतिबिना नै ‘कृ’ मा समावेश भएको भन्दै सम्झनाका निर्माता तथा निर्देशक शम्भु प्रधानले निर्माता सुवास गिरी, भुवन केसी एवम् संगीतकार अल्मोडा राना उप्रेतीविरुद्ध जाहेरी दिएका थिए । यो प्रकरणबाट निर्माता गिरीले निर्देशक प्रधानलाई ११ लाख क्षतिपूर्ति तिरेर हिरासतमुक्त भएका थिए ।

माथिका यी प्रतिनिधिमूलक घटनामात्र हुन् । प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा नेपाली गीत संगीत होस् या चलचित्रका गीत अछुतो छैनन् । आफ्नो सिर्जना चोरी भएको थाहा पाएपछि कतिपय कानूनी सहायताका लागि सम्बन्धित निकायमा पुग्छन् भने कतिपयले आपसी मिलापत्रबाट विवाद टुंगो लगाउँछन् ।

केही वर्ष अघि प्रदर्शनमा आएका चलचित्र ‘छक्कापन्जा २’ को नाइलनको साडी गीतमाथि पनि चोरीको आरोप लागेको थियो । तर, यो गीतले कानूनी प्रक्रिया अघि बढ्न नपाउँदै निर्माण पक्षले यसलाई टुंग्याएको थियो । यस्तै, चलचित्र ‘शत्रु गते’को रुपै मोहनी गीत पनि चोरी भएको भन्दै लोकगायक कुमार बस्नेतले उक्त गीतका गायक तथा संगीतकार टंक बुढाथोकीमाथि आरोप लगाएका थिए ।

यसरी नेपाली संगीतकर्मी तथा चलचित्रकर्मीहरु बेला–बेला प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा विवादमा आइरहन्छन् । शुक्रबार प्रतिलिपि अधिकार दिवस थियो । यो प्रसंग कोट्याउँदाआखिर पटक–पटक सर्जक तथा कलाकारमाथि प्रतिलिपि अधिकार उल्लंघनको आरोप किन लाग्छ ?

गीत–संगीतमा प्रतिलिपि अधिकार उल्लंघन भएको बाहिर आएपनि यो अझै रोकिएको भने छैन । अहिले पनि मासिक एक दुईवटा प्रतिलिपि अधिकार उल्लंघनको उजुरी नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा पर्ने गरेको सूचना अधिकारी शिवकुमार अधिकारी बताउँछन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी धेरैजसो कलाकारलाई स्पष्ट कानूनको बारेमा थाहा नहुँदा यस्तो अवस्था आउने बताउँछन् । ‘धेरैजसो कलाकारलाई प्रतिलिपि अधिकार उल्लंघन हुँदा हुने कानूनी कार्वाहीको बारेमा थाहै छैन,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा नचाहँदा नचाहँदै पनि लय तथा शब्द मिल्न जान्छन् । यो स्वभाविकै हो । तर, जानी जानी चोर्नु चाहिँ गल्ती हो ।’

गीत–संगीतमा प्रतिलिपि अधिकार उल्लंघन भएको बाहिर आएपनि यो अझै रोकिएको भने छैन । अहिले पनि मासिक एक दुईवटा प्रतिलिपि अधिकार उल्लंघनको उजुरी नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा पर्ने गरेको सूचना अधिकारी शिवकुमार अधिकारी बताउँछन् ।

No description available.

‘प्रतिलिपि अधिकार उल्लंघनको घटना रोकिएको छैनन्,’ उनले भने, ‘पछिल्लो समय गीत संगीतका साथै सफ्टवेयरमा समेत प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै उजुरी पर्न थालेका छन् ।’ यद्यपि हालसम्म पुस्तकमा भने प्रतिलिपि अधिकार उल्लंघन भएको निवेदन कार्यालयमा नपरेको उनी बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,