English

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो



सुनको मूल्य शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ स्थिर छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले