English

उत्तेजनामा कमी आउनका कारण



आफ्नो ज्यानको ख्याल नगर्ने को पो नहोला र ? तर स्वास्थ्यको ख्याल गर्दागर्दै पनि कतिपय व्यक्तिहरू आफ्नो शरीरका गोप्य अंगको स्याहारमा भने चुकिरहेका हुन्छन् । केही रसिक खालका व्यक्तिहरू अस्वभाविक जीवनशैली अपनाउँछन्, धेरै जनासँग यौन सम्बन्ध राख्छन् । यसले स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ ।

धेरैसँग यौन सम्बन्ध

धेरै जनासँगको यौन सम्बन्धले पुरुष लिङ्गको स्वास्थ्यमा नकारात्मक असर गर्छ । यसबाट एसटिआइ अर्थात् सेक्सुवल्ली ट्रान्समिटेड इन्फेक्सन्स लगायत हुन सक्छ । एसटिआइ अन्तर्गतका केही संक्रमण यस प्रकार छन्ः

-एचभीपी अर्थात् ह्युमन पापिलोमा भाइरस
– क्लामाइडिया
– गोनोरोवा
– हर्पिस

संक्रमण फैलिनबाट रोक्ने उपाय

-यौन साथीको सङ्ख्या सीमित राख्ने
-एक मात्र यौन साथी कायम गर्ने

तौल व्यवस्थापन

मोटोपनाले मानिसको लिङ्गलगायत अन्य विविध स्वास्थ्यको पक्षमा प्रतिकुल असर गर्छ । मोटोपनले लिङ्गको उत्तेजनामा कमी लगायत नपुंसकता जस्ता समस्यामा बृद्धि गराउन सक्छ ।

मोटोपनाले उत्तेजनामा कमी ल्याउनुका कारण

– टेस्टोस्टेरोन हर्मोनको स्तरमा गिरावट
– शरीर सुिन्ननु
– शरीरका प्राय रक्तनलीलगायत लिङ्गमा रगत सञ्चालन गर्ने रक्तनली पनि खराब हुनु
यद्यपी मोटोपनाले यौन सम्बन्धको समयमा लिङ्गको उत्तेजनामा कमी नआए पनि मोटोपनाका केही यस्ता कारक छन्, जसले यौनजीवन र यौन स्वास्थ्यमा नकारात्मक असर गर्छ । ती हुन्, चिन्ता, तनाव र आत्मसम्मानमा चोट ।

खानपिन

बजारका रङ मिश्रित र कृत्रिम रसायनयुक्त खाद्य पदार्थको सेवनले लिङ्गलगायत अन्य शारीरिक समस्या निम्त्याउँछ । यद्यपी स्वास्थ्यवर्धक र सन्तुलित आहारको सेवनले मोटोपना र यौनसँग सम्बन्धित समस्या रोक्न सकिन्छ ।

त्यसैले लिङ्गको उत्तेजनालगायत अन्य यौनसम्बन्धि समस्या समाधानका लागि सेवन गर्नुपर्ने केही आहार यस प्रकार छन्ः

-जरायुक्त तरकारी
– गेडागुडी
– ऐसेलु
-अङ्गुर
– अमिलो फलफुल
– चिया
-चकलेट

व्यायाम

नियमित व्यायाम गर्ने हो भने मोटोपनाका कारण निम्तिने यौनसँग सम्बन्धित स्वास्थ्यका समस्या समाधान गर्न सकिन्छ ।

मादक तथा सुर्ती

मादक पदार्थ र सुर्ती सेवनले मानिसको स्वास्थ्यमा थुपै्र पक्षमा नकारात्मक असर गर्छ । यसको सेवनले मानिस जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन सक्छ, जसका कारण विभिन्न प्रकारका संक्रमण हुन सक्छ । सुर्ती सेवनले बाँझोपनमा बृद्धि र लिङ्गको उत्तेजना र कामेच्छामा कमि ल्याउन सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।