English

काठमाडौं उपत्यकामा ११७४ सहित थप २४२८ मा कोरोना पुष्टि



काठमाडौं उपत्यकामा १ हजार १ सय ७४ सहित विहीवार देशभर थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय ४८ पीसीआर परीक्षण गरिएकोमा २ हजार ४ सय २८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा ९ सय ८७, भक्तपुरमा ८१ र ललितपुरमा १ सय ६ जना रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ९२ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल संक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ९० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ११ हजार ६ सय ७५ जना, संस्थागत आइसोलेसनमा १ हजार १५ छन् । यसैगरी, १ सय ७० जना कोरोना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ भने ५९ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested