English

काठमाडौं उपत्यकामा ११७४ सहित थप २४२८ मा कोरोना पुष्टि



काठमाडौं उपत्यकामा १ हजार १ सय ७४ सहित विहीवार देशभर थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय ४८ पीसीआर परीक्षण गरिएकोमा २ हजार ४ सय २८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा ९ सय ८७, भक्तपुरमा ८१ र ललितपुरमा १ सय ६ जना रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ९२ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल संक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ९० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ११ हजार ६ सय ७५ जना, संस्थागत आइसोलेसनमा १ हजार १५ छन् । यसैगरी, १ सय ७० जना कोरोना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ भने ५९ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested