English

तातोपानी र रसुवागढी नाकाबाट अर्बौंको आयात



चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ ।

‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले भने ।

रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन ।

भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु चीनबाट नेपाल आएको छ । सो अवधिमा नेपालबाट ती नाका हुँदै एक रुपैयाँको वस्तु पनि चीन तर्फ गएको छैन ।

लामो समयदेखि रसुवागढी र तातोपानी नाकाबाट चीनले आफ्नो भूमिमा नेपाली वस्तु भित्रन दिएको छैन । कारण उसले कोरोना महामारी देखाउँदै आएको छ । तर चीनबाट नेपाल भित्रने वस्तुमा भने कुनै रोकतोक गरेको छैन । चीनको यो रवैयाले गर्दा नेपाली व्यावसायी मर्कामा पर्दै आएका छन् । उनीहरु अन्य बाटो प्रयोग गरी वस्तुहरु चीन पठाउन बाध्य भएका छन् ।

‘रसुवागढी र तातोपानी नाका खुला गर्नुपर्यो भनेर नेपाली व्यावसायीहरुले पटक पटक माग गरेका छन्, तर खुलाउन सकिएको छैन,’ निर्देशक खड्काले भने, ‘व्यावसायीहरुले अन्य बाटो प्रयोग गरेर वस्तुहरु चीन पठाउँदै आएका छन् ।’

गत आर्थिक वर्ष वर्ष २०७८–७९ मा मात्र रसुवागढी र तातोपानी नाकाबाट ४० अर्ब ६५ करोड २६ लाख ६० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । रसुवागढीबाट २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ र तातोपानीबाट १४ अर्ब २ करोड ३७ लाख २० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको देखिन्छ ।

आर्थिक वर्ष २०७७–७८ मा रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ गरी २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आएको थियो ।

आर्थिक वर्ष २०७६–७७ को चैत, वैशाख, जेठ र असार महिनामा रसुवागढीबाट ७ करोड ७८ लाख २१ हजार रुपैयाँ र तातोपानीबाट ४ अर्ब ६३ करोड ८ लाख ९२ हजार रुपैयाँ गरी ४ अर्ब ७० करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो ।

यो पनि…
रसुवागढी नाकामा चीनको मनोमानी, नेपाली व्यवसायी मारमा
रसुवागढी नाकाबाट ११ महिनामा ३ सय ३५ टन खाद्य सामग्री आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested