English

रसुवागढी नाकाबाट ११ महिनामा ३ सय ३५ टन खाद्य सामग्री आयात



रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३५ टन खाद्य सामग्री आयात भएको छ । नाकाबाट सामग्री आयात अनियमित हुँदा खाद्य सामग्रीको आयातमा पनि केही कमी आएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । जसमा सोया सस तथा अचार छन् । यो ९६ टन आयात भएको छ ।

कार्यालयको तथ्यांक अनुसार फल तथा सागपातजन्य ९६ टन, खाद्यान्न दलहन तथा अन्य ३९ दशमलव २ टन, मसलाजन्य १४ दशमलव ९३, मासुजन्य २५ दशमलव ०८, दूधजन्य ८ दशमलव १५, चिया तथा कफीजन्य ३८ दशमलव ४५ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड बिन पेस्ट, डोमा लगायतका ९३ दशमलव १४ टन खाद्य सामग्री आयात भएको हो ।

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड बिन पेस्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा गएको वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउवाले बताए । अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाको सिस्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको छ ।

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । कार्यालयका अनुसार साउनदेखि जेठ मसान्तसम्ममा कार्यालयले २ सय ९७ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको छ ।

यो पनि…
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्च : एफएओ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested