English

रसुवागढी नाकाबाट ११ महिनामा ३ सय ३५ टन खाद्य सामग्री आयात



रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३५ टन खाद्य सामग्री आयात भएको छ । नाकाबाट सामग्री आयात अनियमित हुँदा खाद्य सामग्रीको आयातमा पनि केही कमी आएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । जसमा सोया सस तथा अचार छन् । यो ९६ टन आयात भएको छ ।

कार्यालयको तथ्यांक अनुसार फल तथा सागपातजन्य ९६ टन, खाद्यान्न दलहन तथा अन्य ३९ दशमलव २ टन, मसलाजन्य १४ दशमलव ९३, मासुजन्य २५ दशमलव ०८, दूधजन्य ८ दशमलव १५, चिया तथा कफीजन्य ३८ दशमलव ४५ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड बिन पेस्ट, डोमा लगायतका ९३ दशमलव १४ टन खाद्य सामग्री आयात भएको हो ।

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड बिन पेस्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा गएको वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउवाले बताए । अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाको सिस्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको छ ।

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । कार्यालयका अनुसार साउनदेखि जेठ मसान्तसम्ममा कार्यालयले २ सय ९७ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको छ ।

यो पनि…
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्च : एफएओ



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ