English

खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्च : एफएओ



रुस-युक्रेन बीचको युद्ध र बेमौसमी घटनाका कारण संसारभरि नै खाद्यान्नको मूल्य निरन्तर बढिरहको छ । खाद्य र कृषि संगठन (एफएओ) को नयाँ रिपोर्टका अनुसार फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्वभरि नै खाद्यान्नको मूल्य लगभग १३ प्रतिशतले बढेको छ । यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धि बताइएको छ ।

एफएओले केही दिन अगाडि जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एउटा ठूलै फड्को मारेर विश्वभरि नै खाद्यान्नको मूल्य मार्च महिनामा उच्चतम विन्दुमा पुगेको छ ।‘ रुस-युक्रेन युद्धका कारण यो मूल्यवृद्धिको सम्भावना पहिलेदेखि नै अनुमान गरिएको थियो ।

ब्ल्याक सी क्षेत्रमा भएको युद्धका कारण अन्न र वनस्पति तेलको मूल्य अत्यधिक वृद्धि भएको छ ।

एफएओले आफ्नो नयाँ खाद्यान्न मूल्य सूचकांक रिपोर्टमा भनेको छ, ‘ब्ल्याक सी क्षेत्रमा भएको युद्धका कारण अन्न र वनस्पति तेलको मूल्य अत्यधिक वृद्धि भएको छ ।’

रिपोर्टका अनुसार मार्चमा औसत सूचकांक १५९.३ अंक थियो, जुन फेब्रुअरीभन्दा १२.६ प्रतिशत बढी हो । १९९०, फेब्रुअरीदेखि नै एफएओ विश्व खाद्यान्नको मूल्यको निगरानी गरिरहेको छ, र अहिलेको मूल्यलाई त्यतिबेला अर्थात् ३२ वर्षकै सबैभन्दा उच्चतम् स्तर बताएको छ । अहिलेको मूल्यलाई मार्च २०२१ को मूल्यसँग तुलना गर्ने हो भने अहिलेको मूल्य ३३.६ प्रतिशतले बढी छ ।

रुस र युक्रेन विश्वभरि कै गहुँ र मकैको क्रमश: ३० प्रतिशत र २० प्रतिशत निर्यात गर्छन् । एफएओका अनुसार मकैको मूल्य पनि बढिरहेको छ । मकैको मूल्यमा फेब्रुअरीमा मात्र १९.१ प्रतिशतले बढेको छ ।

युक्रेनका बन्दरगाह बन्द भएकाले त्यहाँबाट निर्यात सीमित मात्र भइरहेको छ भने रुसी संघको निर्यातमा अनेकन बाधा छन् ।

एफएओ भन्छ, ‘युक्रेनका बन्दरगाह बन्द भएकाले त्यहाँबाट निर्यात सीमित मात्र भइरहेको छ भने रुसी संघको निर्यातमा अनेकन बाधा छन् ।’ यो स्थिति अझै निरन्तर हुने अनुमान लगाइएको छ र आगामी दिनमा मूल्य अझै बढने छ ।

खाद्यान्न मूल्य सूचकांकका बारेमा आफ्नो विस्तृत नोटमा एफएओ भन्छ, ब्ल्याक सी क्षेत्रमा सिपमेन्टमा आएको कमीका कारण निर्यातमा ठूलै नोक्सानी भएको छ र त्यसबाट विश्वव्यापी रूपमा मूल्य बढेको छ, अर्कोतिर आयातमा कमी आएको छ भने माग बढेको छ । विशेषगरी त्यस्ता देशमा मूल्य बढेको छ जहाँ खाद्यान्नको भण्डारण कम छ ।

युद्धकै कारण भएका व्यवधानले गर्दा सूर्यमुखीको तेलको मूल्य पनि बढेको छ । एफएओ भन्छ, ‘एफएओ वनस्पति तेल मूल्य सूचकांक २३.२ प्रतिशतले बढेको छ । यसमा सूर्यमुखीको तेलको मात्रा अधिक छ, किनकी युक्रेन सारा दुनियाँमा सूर्यमुखीको तेलको निर्यात गर्छ ।’

एफएओका महानिदेशक क्यू डोंग्युले एक बयान जारी गर्दै खाद्यान्नका दुई प्रमुख निर्यातक देशका बीचमा भएको युद्धका कारण विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढ्न सक्छ भनेर उल्लेख गरेका छन् ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested