English

गर्भवतीको ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’



गर्भावस्थाको जोखिम न्यूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घरघरमा झन्डा, हातहातमा अण्डा’ अभियान सुरुआत गरेको छ । शिवराज–१ शिवपुरबाट गर्भवती भेटघाट कार्यक्रमअन्तर्गत गर्भवतीको घर–घरमा झन्डा राख्ने र अण्डा वितरण गर्ने अभियान सुरु गरेको हो । वडामा रहेका ८० गर्भवतीलाई एक–एक क्यारेट अण्डा र घरमा राख्नका लागि हरियो झन्डा प्रदान गरिएको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन् ।

‘गर्भवतीको पहिचानको गर्न तथा आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिऊन् भन्ने उद्देश्यले झन्डा राखिएको हो’, उनले भनिन्, ‘घरमा राखेको झन्डाका आधारमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई पहिचान गर्न सहज हुन्छ ।’ नगरले गर्भवती र सुत्केरीका लागि पोषिलो खानेकुरासहित घरभेट कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताइन् ।

गत वर्ष पनि सुनौला हजार दिनका महिलालाई घर–घरमा भेट कार्यक्रम गरी प्रभावकारी बनेकाले यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको उपप्रमुख थारूले जनाइन् । साथै, नगरपालिकाले उपमेयर मातृशिशु स्याहार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बहुुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत शिवराज नपाका ११ वटै वडाका सुत्केरी समयको हजार दिनभित्रका महिलाको स्वास्थ्य अवस्था, जाँच, पोषण, स्याहारजस्ता काम भइरहेको जनाइएको छ ।

गर्भवतीलाई लक्षित गरी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने अन्तिम तयारी गरेको छ । निम्न वर्गका महिलालाई सुत्केरी गराउन सिफारिश गर्नुपर्ने अवस्थामा नगरपालिकाको एम्बुलेन्स प्रयोग गरी लैजान सकिने व्यवस्थासहित एम्बुलेन्स सञ्चालन हुने उपप्रमुख थारूले बताइन् । बालमृत्युदर घटाउन तथा आमा र बच्चालाई स्वास्थ्य राख्न वडाले विभिन्न काम गरेको वडाध्यक्ष जगत जिसीले बताउँछन् । स्वयंसेविकालाई प्रत्येक गर्भवतीको अवस्था बुुझ्न खटाएको जनाउँदै समस्या भएको ठाउँमा वडाले सहयोग गर्ने तथा वडामा घरमा प्रसूति गराउनेको संख्या शून्यमा झार्ने उनले जनाए ।

शिवराज–१ ले गर्भवतीका लागि स्वास्थ्य जाँच तथा स्वास्थ्य स्याहार तालिमसमेत प्रदान गरेको वडा सदस्य लक्ष्मी हमालले जनाइन् । स्वास्थ्य स्वयंसेविका समेत रहेकी उनले वडा कार्यालय महिला र यसमा पनि गर्भवती तथा सुत्केरीप्रति जिम्मेवार रहेको जनाइन् । अझै पनि चेतना अभावले घरमै सुत्केरी हुने, आमा र शिशुको ज्यानसमेत जोखिममा पर्ने भएकाले गर्भवतीका लागि गर्भ जाँच तथा स्वास्थ्य स्याहार तालिम सञ्चालन गरिएको शिवपुर स्वास्थ्यचौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए । रासस



सम्बन्धित खबरहरु

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका